मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रूपन्देही सुपरलिगः तिलोत्तमाको जित, कृष्णले लिए ६ विकेट

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

भैरहवा । कृष्ण कार्की चम्किँदा तिलोत्तमा क्रिकेट एकेडेमीले न्यु होराइजन क्रिकेट क्लबलाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले न्यु होराइजनमाथि १ सय ११ रनको फराकिलो अन्तरले जित निकाल्यो । कृष्ण एक्लैले ६ विकेट लिँदा तिलोत्तमाको जित सहज भयो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमा ४० ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७८ रन बनायो । उसका लागि सन्दीप यादवले ५५ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले । यस्तै, कृष्ण भुसालले २२, मनिष थापाले १७, कृष्ण कार्कीले १५ र अमन बोहराले १० रन बनाए । बलिङमा न्यु होराइजनका प्रिन्स पालले ३, महेश भरले २ तथा सहिन खान, विप्रसन केसी, सिद्धार्थ ढकाल र प्रदीप साहनीले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यु होराइजन २३ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रनमै समेटियो र फराकिलो अन्तरले लज्जास्पद हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न तिलोत्तमाका कृष्ण कार्कीले ८ ओभर ५ बलमा ३ मेर्डनसहित १४ रन खर्चेर ६ विकेट लिए । यस्तै, विपिन खत्री, आशुतोष पाण्डे र सागर भण्डारीले समान १–१ विकेट लिए । विप्रसन केसीले ३० र प्रदीप साहनीले १० रन बनाए पनि न्यु होराइजनका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कृष्ण कार्की प्लेयर अफ द म्याच भइ एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार