मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

७ करोड १० लाख रुपैयाँको मन्थली चिस्यान केन्द्र अलपत्र

Ujyalosandeshonline 12676+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अझै सञ्चालनमा नआएपछि अलपत्र परेको छ । वाग्मती प्रदेश सरकारले पाँच करोड र मन्थली नगरपालिकाले २ करोड १० लाख रुपैयाँ लगानी गरी कुल ७ करोड १० लाख रुपैयाँमा बनाएको चिस्यान केन्द्र आर्थिक वर्ष २०७८।०७९ देखि नै सञ्चालनमा आउनुपर्ने थियो । तर सञ्चालन खर्च धेरै देखिएपछि सञ्चालनका लागि कुनै योजना बनाउन सकेको छैन ।

चिस्यान केन्द्रहरूको निर्माण कार्य पनि अझै अधुरो छ । केन्द्र वरिपरि कुनै घेराबार नहुँदा बनेका संरचना असुरक्षित छन् । स्थानीय उद्धव सुवेदीले भने, ‘लामो समयदेखि अलपत्र छ, न संरक्षण छ, न सञ्चालनमा आएको छ ।’वाग्मती प्रदेश सरकारले निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने भएपनि अहिलेसम्म हस्तान्तरण भएको छैन् । विद्युत बिल धेरै आउने र भण्डारण गर्न पर्याप्त सामान नहुँदा स्थानीय तहमा सञ्चालनको ठूलो आर्थिक भार पर्ने प्राविधिकहरू बताउँछन् ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले प्रदेश सरकारले निर्माण सकाएर हस्तान्तरण गरेपछि नगरपालिका सञ्चालनका लागि योजना बनाउने बताउँछन् । वाग्मती प्रदेशका सबै जिल्लामा चिस्यान केन्द्र निर्माण गर्ने ठेक्का एउटै कम्पनीले पाएको थियो । उसले कार्य सम्पादन गरेर हस्तान्तरण गरेको छैन ।

वागम्ती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले भने, ‘सबै चिस्यान केन्द्र एकैपटक स्थानीय तहलाई हस्तान्तरण हुनुपर्ने हो तर अहिलेसम्म हुन सकेको छैन, यस विषयमा प्रदेश सरकारमा छलफल भइरहेको छ ।’

यसरी चिस्यान केन्द्र सञ्चालनमा नआएपछि प्रदेश र स्थानीय तहको ७ करोड १० लाख रुपैयाँ लगानी जोखिममा परेको छ । कृषकहरूले पनि सुविधा लिन पाएका छैनन् ।  चिस्यान केन्द्रको प्यासेज र अगाडिको भाग स्थानीयलाई निर्माण सामग्री थुपार्ने ठाउँ बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार