मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

२६ हजार किलो बढी गाँजा बरामद, १७ लाख बढी बोट नष्ट

Ujyalosandeshonline 11566+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१÷०८२ मा लागूऔषध गाँजाविरुद्ध आक्रामक अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ । साथै, खेतबारीमा लगाइएका तथा आफैं उम्रेका १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेशभरका सडक, नदी र अन्य स्थानहरूबाट विशेष सूचना तथा अनुसन्धानको आधारमा गाँजाको ओसारपसारमा प्रयोग गरिएका एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट भएका गाडी, तरकारी बोक्ने सवारी साधन र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

सुनसरीबाट १२ हजार ३७५ किलो, मोरङबाट ६ हजार ६५० किलो, धनकुटाबाट ४ हजार १९४ किलो, उदयपुरबाट १ हजार ८१० किलो र झापाबाट १ हजार ६५१ किलो गाँजा बरामद गरिएको छ । ओसारपसारमा संलग्न १६५ जना पुरुष र २४ जना महिलासहित ३१ वटा चारपाङ्ग्रे र ७५ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांक छ ।

त्यस्तै, गाँजाको खेती नष्ट गर्ने क्रममा धनकुटामा १२ लाख ५९ हजार, भोजपुरमा २८ लाख ४६ हजार, उदयपुरमा १६ लाख ८ हजार ५००, सोलुमा २९ हजार ७०० र खोटाङमा २६ हजार २०० गाँजाका बोट र बेर्ना नष्ट गरिएको हो। यो अभियानमा २ हजार ४६४ रोपनी क्षेत्रफलमा फैलिएको गाँजाको खेती समेटिएको प्रहरीको भनाइ छ। कोशी प्रदेश प्रहरीले लागूऔषध सम्बन्धी सूचना पाउनेबित्तिकै नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गरिदिन सबैलाई अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार