मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |
मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |


रामग्राम जेसीजद्धारा परासीमा शेयर बजार सम्बन्धि तालिम सञ्चालन

Ujyalosandeshonline 11564+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

परासी । रामग्राम जेसीजले शेयर बजार सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा आयोजित उक्त तालिममा युवायुवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गईरहेको अवस्थामा परासी क्षेत्रका युवाहरुलाई पनि शेयर बजारमा आकर्षण बढाउन पहिलो पटक शेयर बजार सम्बन्धि तालिम गरिएको रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । शेयर बजार सम्बन्धि ज्ञान प्राप्त गरि यसबाट घरमै बसीबसी सजिलै आम्दानी गर्न सकिने भन्दै अध्यक्ष पौडेलले शेयर बजारमै लागेर कयौँ व्यक्तिहरुले राम्रो आम्दानी गरिरहेको बताउनुभयो ।  

युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा क्रियाशील अग्रणी संस्था रामग्राम जेसीजले युवाहरुलाई व्यवसायतर्फ उत्प्रेरित गर्न समेत वार्षिक योजनामै समावेश गरेर यो तालिम आयोजना गरेको उहाँले बताउनुभयो । 

तालिममा रामग्राम जेसीजका सदस्य युवाहरुको साथै शेयर बजारमा रुचि राख्ने व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रम संयोजक एवं रामग्राम जेसीज वर्ष २०२४ का मिडिया संयोजक दीपक अधिकारीले जानकारी दिनुभयो । तालिममा शेयर बजार सम्बन्धि जानकार डिआर तिम्सिनाले सहजीकरण गर्नुभएको थियो । यस तालिमले शेयर बजारमा लगानी गर्न इच्छुक विशेषगरी नयाँ र साना लगानीकर्तालाई विशेष सहयोग पुगेको कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो । 

तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले शेयर बजारको माध्यमबाट बेरोजगारी अन्त्य गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै स्वरोजगार बन्न आग्रह गर्नुभयो । अहिले शेयर बजारमै धेरैको ध्यान केन्द्रीत रहेको बताउँदै धेरै लगानी पनि नुहने र घरबाटै काम गर्न सकिने भएकोले यसको सदुपयोग गर्न युवाहरुलाई आग्रह गर्दै प्रदेश सांसद जयसवालले यो महत्वपूर्ण तालिम आयोजना गरेकोमा रामग्राम जेसीजलाई धन्यवाद व्यक्त गर्नुभयो । 

यस्तै तालिमको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाका मेयर धनपत यादवले शेयर बजारको माध्यमबाट रोजगारी प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । नगर प्रमुख यादवले जेसीज लगायतका संघ संस्थाहरुसँग साझेदारीमा नगरको विकासका कार्य गरिने बताउनुभयो । 

रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं परासी क्याम्पसका प्रमुख सुमनगोपाल आचार्य, रामनगर जेसीजका अध्यक्ष देवु भट्टराई, रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष जोगमाया चौधरी, कार्यक्रम संयोजक दीपक अधिकारी, रामग्राम जेसीजका उपाध्यक्ष श्रद्धासुमन आचार्य, प्रकरण निर्देशक निरज ज्ञवाली लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको रामग्राम जेसीज वर्ष २०२४ का महासचिव मुकेशनारायण लोनियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार