मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

रासस 695+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

मध्यविन्दु (नवलपरासी) ।नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन ।केही दिनदेखिको शीतलहरले सडक चिप्लो तथा हिलाम्य बनेपछि अवरुद्ध भएको हो । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि राजमार्गमा समस्या भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार सवारीसाधनको जाम विस्तारै हटाउने प्रयास भइरहेको छ । बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा कठिनाइ भएको पनि उहाँले  बताउनुभयो । जोशीका अनुसार दाउन्नेबाट दुम्कीबास जङ्गलसम्म करिब एक हजार पाँच सय सवारीसाधन जाममा फसेका छन् । नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी ई विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव अझ बढिरहेको जानकारी दिनुभयो । 

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले सोमबारदेखि समस्या भएपछि यात्रुलाई निकै सास्ती भएको बताउनुभयो । “चिसोले बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई निकै दुःख भएको छ । घण्टौँदेखि गन्तव्य नपुगेका यात्रु र सडकमै रोकिएका मालबाहक सवारीले दाउन्नेदेखि दुम्कीवाससम्मको अवस्था थप कष्टकर बनिरहेको छ”,उहाँले भन्नुभयो । यसैबीच आयोजनाले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । साथै सवारीसाधन सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार