मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रामेछापमा मदन भण्डारीको स्मरण

Ujyalosandeshonline 12441+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

रामेछाप । मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन रामेछापले मन्थलीले उनको स्मृतिमा कार्यक्रम आयोजना गरेको छ । 

फाउण्डेसनको आयोजनामा मन्थलीमा मदन–आश्रित चोकमा रहेको स्वर्गीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गरिएको छ । 

फाउण्डेसनको अध्यक्ष एवं नेकपा एमाले रामेछापमा सचिव प्रकाशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले वागमती प्रदेश कमिटी सदस्य गंगा कार्की पार्टीका जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, उपसचिव मिलनकुमार घिसिङलगायतका जिल्ला कमिटीका र जनसंगठनका नेताहरू लगायतको सहभागिता थियो । 

कार्यक्रममा बोल्दै पार्टीका जिल्ला अध्यक्ष कडरियाले मदन भण्डारीको अभिव्यक्तिमा इतिहासको समीक्षा र भविष्यको स्पष्ट दृष्टिकोण हुने  गरेको बताए । मदन भण्डारीका विचार इतिहासको जगमा उभिएर भविष्य निर्माण केन्द्रित हुने गरेको उनले बताए । 

कार्यक्रमका अध्यक्ष प्रकाश कार्कीले मदन जयन्तीको अवसरमा देशभरी नै कार्यक्रम भएको बताए । नेपालको कम्युनिष्ट आन्दोलनमा उनले पुर्याएको योगदानको कारण सिङ्गो देश र विश्वले उनलाई सम्झने गरेको कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार