मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह

Ujyalosandeshonline 12431+ समाचार ( )
७ अशोज २०८३, बुधवार

काठमाडौँ । पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका सूचना अधिकारी सुरज घिमिरेले आज एक सूचना जारी गरी यही असोज ८ देखि १२ गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्र्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

भारी वर्षाका कारण भू–क्षय, बाढी तथा पहिरोको जोखिम बढ्नाका साथै हिमाली भू–भागमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएकाले विशेष ख्याल राख्न विभागले सचेत गराएको छ । मौसम प्रणालीको प्रभाव विशेषगरी पदयात्रा तथा हिमाल आरोहणमा पर्नसक्ने सम्भावना रहेकाले पर्वतारोही, पदयात्री तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो । विभागले सो अवधिमा सम्भव भएसम्म यात्रा नगर्न÷नगराउन तथा यात्रा गर्नैपर्ने अवस्था भए सुरक्षित तवरले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार