मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

संविधान दिवसमा ओमसतिया गुञ्जियो: नेताहरूको सम्पत्ति छानबिनसँगै सबै क्षेत्रमा शुद्धीकरणको माग

Ujyalosandeshonline 11566+ समाचार ( )
४ अशोज २०८२, शनिबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ मझौली चोक र ठुठिपिपलमा संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्र ओमसतिया गाउँपालिका कमिटीले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा माओवादी (केन्द्र) का केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय (सागर) को प्रमुख आतिथ्यता रहेको थियो। ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिवकुमार धवलले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा नेकपा विप्लवका जिल्ला सदस्य एवं ओमसतिया गाउँपालिका इन्चार्ज मदन थारू (जसवंत) र नेकपा माओवादी (केन्द्र) का प्रदेश सदस्य एवं ओमसतिया इन्चार्ज प्रमोद यादवले मन्तव्य व्यक्त गरेका थिए। एकीकृत समाजवादी पार्टीबाट रामधारी यादवको पनि विशेष उपस्थिति थियो।

प्रमुख अतिथि देवेन्द्र पाण्डेय (सागर) ले Gen-Z ले उठाएका सम्पूर्ण मुद्दा माओवादी केन्द्रको ५२ बुँदे असहमति माइन्युटमा रहेको बताए। उनले युवाहरूले एक दिनका लागि संघीय संसदको बैठक बोलाएर आफ्ना सम्पूर्ण मागहरूलाई संविधानसम्मत ढंगले अगाडि बढाउन सक्ने भए पनि Gen-Z पुस्ताको माग अपहरण भई पद्धति फेर्ने भन्दा व्यक्ति फेर्नमा सीमित भएको टिप्पणी गरे।

पाण्डेयले हालको समस्याको समाधान संविधानभन्दा बाहिर गएर खोजिएको र त्यो स्थायी हुन नहुनेमा जोड दिए। उनले नेताहरूको सम्पत्ति छानबिनसँगै कर्मचारी, संवैधानिक आयोग, न्यायालय, सेना, प्रहरी र आसेपासे पुँजीपतिहरूको समेत छानबिन हुनुपर्ने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार