मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रूपन्देही सुपरलिगः लुम्बिनी खुकरी क्लब फाइनलमा

Ujyalosandeshonline 11566+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनल यात्रा तय गरेको हो । अब, उसले माघ २७ गते हुने तिलोत्तमा क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लब बीचको दोस्रो सेमिफाइनलको विजेता टिमसँग माघ २९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा गर्यो । उसका लागि अमर मिश्रा र समिर अलीले अर्धशतकीय पारी खेले । अमरले ७१ र समिरले ५४ रनको योगदान गर्दा प्रज्वल थापाले २२, अन्तिम थापाले २१, अजयकुमार चौहानले अविजित १८ र दुर्गेश गुप्ताले १२ रन जोडे । बलिङमा तिरुपतिका तुलबहादुर थापा र विपिन न्यौपानेले ३–३ तथा रुपेश कुर्मीले २ र सन्दीप मौर्यले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपति ४७ ओभर १ बलमा २ सय ४ रन बनाउँदा अलआउट भयो र उपाधि होडबाट बाहिरियो । उसका लागि एजाजुल हकले ४६, तुलबहादुर थापाले ४१, अर्निको यादवले २५, डेभिड थापाले २०, रुपेश कुर्मीले १७ र कमल विकले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी खुकुरीका सेजाद आलम, अमर मिश्रा र अजयकुमार चौहानले २–२ तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १–१ विकेट लिए । खेलमा अमर मिश्रा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार