मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

मालपोत कार्यालयमा जलेका श्रेस्ता कायम गर्न थालियो

Ujyalosandeshonline 12674+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

दाङ । जेनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट गरिएका श्रेस्ता कायम गर्न मालपोत कार्यालयले काम थालेको छ ।मालपोत कार्यालय तुलसीपुर र घोराहीले जलेका श्रेस्ता कायम गर्नका लागि सूचना जारी गरी मोठहरु कायम गर्न थालेको हो । मालपोत कार्यालय तुलसीपुरका नायव सुब्बा एवं सूचना अधिकारी शान्तराज गौतमका अनुसार मोठ कायम गर्न दुवै कार्यालयले जग्गाधनीसँग भएको सकल जग्गाधनी प्रमाण  पुर्जा र प्रतिलिपी, नेपाली नागरिकताको सकल प्रमाणपत्र र प्रतिलिपि, चालुु आर्थिक वर्षको मालपोत बुझाएको रसिद र प्रतिलिपि तथा जग्गा रोक्का भएमा राख्ने निकायको सहमति ल्याउनुपर्ने छ ।

जग्गाधनीसँग भएको सकल जग्गाधनी पुर्जा र एलआरएमआईसमा भएको अभिलेख भिडेमा प्रणालीबाट त्यस्तो जग्गाको श्रेस्ताको प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेस्ता कायम गरिने सूचना अधिकारी गौतमले बताउनुभयो । उहाँका अनुसार यदी त्यसमा फरक पर्न गएमा डिएमएसमा भएको अभिलेखसँग रुजु गर्ने र एलआरएमआईएसमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको श्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेस्ता कायम गर्ने तथा यी दुबैमा नभिडेमा तामेलीमा रहेको अभिलेख भिडेको अवस्थामा एलआरएमआईएसमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको श्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेस्ता कायम गर्ने गरी सूचना जारी गरिएको छ ।

यी कुनै पनि कार्यले श्रेस्ता कायम हुन नसकेमा मुद्दा फाँटबाट हुने काम कारबाही कार्यालयको भौतिक संरचना व्यवस्थापन भएमा मात्रै काम हुने सूचना अधिकारी गौतमले बताउनुभयो । घोराही र तुलसीपुरमा रहेका मालपोत कार्यालयमा तोडफोड तथा आगजनी हुँदा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका थिए । दुवै भवनमा आगजनीबाट क्षति हुँदा अहिले ती कार्यालयले जलेका भवनका केही कोठामा बसेर सेवा प्रवाह थालेका छन् । तुलसीपुर मालपोत कार्यालयमा ४० हजारभन्दी बढी व्यक्तिका श्रेस्ता जलेर नष्ट भएका सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार