मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने पक्राउ

Ujyalosandeshonline 12676+ समाचार ( )
२५ कार्तिक २०८२, मङ्गलबार

काठमाडौँ । नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिकाका बासिन्दालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज गरी धम्काउने डोटी घर भई काठमाडौँको फुटुङ बस्ने ३७ वर्षीय ऐभानबहादुर महरालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।     

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अख्तियारको कर्मचारी भनी विभिन्न व्यक्तिलाई धम्काउने महरालाई तारकेश्वर नगरपालिका– ९ टुसालचोकबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका महरा राष्ट्रिय वाणिज्य बैँकका पूर्व कर्मचारी रहको खुल्न आएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

पक्राउ परेका महरासँग प्रहरीले माननीय राज्यमन्त्रीको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँसमेत लेखिएको लेटरप्याड तीन थान, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार लेखेको लेडरप्याड तीन थान, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत लेखिएको कागज बरामद गरेको छ ।

यस्तै, अङ्कित सेक्युरिटि सर्भिस प्रालि इचङ्गुनारायण काठमाडौँ लेखिएको लेटर प्याड एक थान, विभिन्न बैँकको स्टेटमेन्ट र एटिएम, चेकबुक एक थान, विभिन्न हिसाबको रेकर्ड राखिएको डायरी एक थान र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको परिचयपत्र बरामद गरेको प्रवक्ता भट्टराईले बताउनुभयो ।     

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार