मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई

Ujyalosandeshonline 11566+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

काठमाडौं । अखिल नेपाल फुटबल संघले साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई गरेको छ । सोमबार भारतमा मे ९ देखि १८ सम्म हुने प्रतियोगिता खेल्न यू–१९ पुरुष टोलीलाई विदाई गरिएको हो । 

सोही क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज  विक्रम नेम्वाङले टोलीमा रहेको सबै खेलाडीहरुलाई आफ्नो कौशलता देखाएर आउन शुभकामना दिएका छन् । टिममा उर्जन श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका छन् । गोलकिपिङ कोचमा सन्जिव जोशी, व्यवस्थापकमा रविन खड्का, सहायक प्रशिक्षकमा विनोद श्रेष्ठ र मंगल महर्जन र फिजियोमा अनिश बुढाथोकी रहेका छन् । 

६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । 

नेपालको साफ यू–१९ खेल्ने टोलीमा गोलकिपरमा भक्त बहादुर परियार, उपेन्द्र ल्वागुङ, विशेष बानिया, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का, मिडफिल्डरमा कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङ्गेली मगर, रञ्जित लामा, सुवास बम, विजय खड्का र फर्वाडमा पवन पाख्रिन, धरवेन्द्र कुँवर, सुरज ढंगोल र प्रसुन तामाङ रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार