मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण अनलाइनबाट

Ujyalosandeshonline 12433+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र (डिमान्ड) प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया सुरु गरेको छ ।

परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण अनलाइनबाटै हुने प्रक्रिया सुरु गरेका हुन् ।

काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डीपी अर्यालले उक्त प्रक्रिया सुरु भएको घोषणा गरेका हुन् । भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्यले अनलाइनबाट प्रमाणीकरण गर्ने प्रक्रिया नेपाली राजदूतावास अबुधाबीबाट सुरु भएको घोषणा गरिएको हो ।  

सम्बन्धित देशका दूतावासले अनलाइनमार्फत प्रमाणीकरणको काम थालेपछि फाइल बोकेर रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीका कर्मचारी दूतावास धाउनुपर्ने अवस्था अन्त्य हुनेछ ।

अहिले रोजगारदाता कम्पनी र म्यानपावरका कर्मचारी मागपत्र प्रमाणीकरणका लागि फाइल भोकेर भौतिक रुपमै दूतावास पुग्दै आएका छन् ।

तीन वर्षयता वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सबै प्रक्रिया अनलाइनबाटै भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।

रोजगारदाता देशका दूतावासबाट मागपत्र प्रमाणीकरण गर्ने सफ्टवेयर निर्माण भइसकेको छ । सम्बन्धित देशका दूतावासबाट अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गरिने श्रम मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारसम्बन्धी मागपत्र अनलाइनमार्फत लिन सकिने प्रक्रियाको थालनी गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

उनले अहिले नेपाली राजदूतावास आबुधाबीबाट सुरु भएको उल्लेख गर्दै छिट्टै अन्य नेपाली राजदूतावासमा समेत व्यवस्था गरिने बताए ।

उनले भने, ‘वैदेशीक सेवा सम्बन्धि मागपत्र प्रमाणीकरणको काम अनलाईनबाट दिने कामको शुभारम्भ गर्दा खुसि लागेको छ । अव वैदेशी रोजगार अनुमति प्रणाली र मागपत्र प्रमाणिकरणको काम एउटै प्रणालीबाट अनलाइनबाटै लिन सकिनेछ । यस प्रणालीको शुभारम्भ नेपाली राजदूतावास, अबुधाबीबाट गरिएको छ । अब क्रमैसँग अन्य नेपाली राजदुतावासबाट समेत अनलाईन प्रणालीमार्फत  वैदेशीक रोजगारसम्बन्धि मागपत्र प्रमाणिकरणको व्यवस्था मिलाउनेछौं । अब कागजातको आधिकारिकता परिक्षणमा कठिनाई हुने छैन । धेरै लागत र जटिलता हुने समस्याको अन्त्य हुनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार