मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

चाडपर्व लक्षित खाद्य अनुगमन: धकधई बजारमा मिठाई पसलमा छड्के

Ujyalosandeshonline 12431+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

भैरहवा । चाडपर्व नजिकिएसँगै खाद्य प्राविधि तथा गुण नियन्त्रण विभाग, भैरहवाको टोलीले रुपन्देहीका विभिन्न बजारमा खाद्य सामग्रीको गुणस्तर परीक्षणलाई तीव्र पारेको छ। यसै क्रममा विभागको टोलीले धकधई बजारमा मोबाइल भ्यानमार्फत तीन वटा मिठाई पसलको अनुगमन गरेको छ।

विभागका अनुसार, दशैं-तिहार जस्ता चाडपर्वमा मिठाई, दुग्धजन्य पदार्थ र अन्य खाद्य सामग्रीको खपत बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विशेष अभियान सञ्चालन गरिएको हो। विभागकी सोनिला गौतमले उपभोक्ताले सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ अनुगमन गरिएको बताउनुभयो।

अनुगमनका क्रममा मिठाईमा मिसावट भए नभएको परीक्षण गरिनुका साथै खाद्य सामग्रीको गुणस्तर, स्वास्थ्य सुरक्षा तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै आवश्यक निर्देशन दिइएको विभागले जनाएको छ। विभागका टीका निरौलाले अनुगमनका क्रममा भेटिएका कमजोरी सुधार गर्न सम्बन्धित व्यापारीलाई निर्देशन दिइएको र मिठाईमा मैदा जस्ता अखाद्य वस्तु नभेटिएको जानकारी दिनुभयो। विभागले यसअघि पनि चाडपर्वलाई लक्षित गर्दै विभिन्न स्थानमा मोबाइल भ्यानमार्फत खाद्य सामग्री परीक्षण गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार