मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

भारतीय माछा तस्करीले नवलपरासीका किसान मारमा, प्रशासन मौन

Ujyalosandeshonline 11540+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

परासी । नवलपरासी जिल्लामा भारतीय माछाको अवैध तस्करी बढेपछि स्थानीय माछापालक किसानहरू मारमा परेका छन्। नेपाली किसानहरूको माछा बिक्रीका लागि तयार हुने बेलामै सस्तो भारतीय माछा बजारमा भित्रिँदा आफूहरूको लगानी जोखिममा परेको उनीहरूले गुनासो गरेका छन्।

प्रतापपुर गाउँपालिकाका अगुवा किसान भवानीशंकर यादवका अनुसार, नेपाली किसानको पोखरीमा माछा तयार भएर बिक्री गर्ने समयमा तस्करहरू सक्रिय हुन्छन्। उनीहरूले मोटरसाइकल र गाडीमार्फत सीमा क्षेत्रबाट माछा भित्र्याउँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेको यादवको आरोप छ। "यो नेपाली किसानलाई निरुत्साहित गर्ने नीति हो कि भारतीय प्रभाव अगाडि प्रशासन नतमस्तक भएको हो, बुझ्न गाह्रो भयो," उनले दुखेसो पोखे।

काठमाडौंको कालीमाटी जस्ता ठूला बजारमा भारतीय माछा व्यापारीको एकाधिकार रहेको किसानहरूको भनाइ छ। भारतको आन्ध्र प्रदेशबाट प्रतिकेजी ५५ भारु (८८ नेपाली रुपैयाँ) मा खरिद गरिएको माछा नेपालमा २०० रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ, जसबाट व्यापारीलाई दैनिक लाखौं नाफा हुन्छ। यही कारण उनीहरू नेपाली उत्पादनलाई भन्दा भारतीय माछालाई प्राथमिकता दिन्छन्। साथै, भारतबाट आउने माछा तीन महिनासम्म पुरानो र रसायन प्रयोग गरी संरक्षण गरिएको हुनाले उपभोक्ताको स्वास्थ्यका लागि हानिकारक रहेको पनि बताइएको छ।

यस्ता समस्याका बाबजुद यादव जस्ता किसानहरूले हरेश खाएका छैनन्। गत वर्षको अनुभवबाट सिक्दै उनले आफ्नो माछापालन व्यवसाय १६ बिघामा विस्तार गरेका छन्। उन्नत प्रविधिको प्रयोग गरी 'पंगास' (बैखी) जातको माछा उत्पादन बढाउने लक्ष्य राखेका छन्। गत वर्ष डेढ करोडको माछा बिक्री गर्न सफल भएका यादवले संघर्ष गरेपछि कालिमाटीका व्यापारीहरू पनि नेपाली माछा किन्न बाध्य भएको अनुभव सुनाए । अब संगठित रूपमा सरकारसमक्ष आफ्ना माग राख्न र किसानको हितमा काम गर्न "माछापालन कृषक महासंघ" बनाउने योजना रहेको यादवले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार