एनपीएल : चितवन राइनोजद्वारा लुम्बिनी लायन्समाथि १४३ रनको लक्ष्य

Ujyalosandeshonline 11543+ समाचार ( )
४ मंगशिर २०८२, बिहीबार

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार)भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १४२ रन बनाएको हो । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकोथियो ।

लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानमाकुशल मल्ल रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार