मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, आठ जनाको मृत्यु

Ujyalosandeshonline 11169+ समाचार ( )
२४ कार्तिक २०८२, सोमबार

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य सात जना सख्त घाइते भएका छन् ।     

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।     

दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।”घटनास्थलमा पुगेका डिआइजी सिआरपिएफले केही भन्न हतार हुने बताउनुभयो, “म घटनास्थलमा जाँदैछु,” उहाँले भन्नुभयो। अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेशन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “हामीले घटनालगत्तै प्रतिक्रिया दियौँ र सात युनिटहरू घटनास्थलमा पठाइयो। विस्फोटपछि लागेको आगो साँझ ७ः३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हताहती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्।”प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् ।  

एक स्थानीयले एएनआईलाई भने, “जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ। म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ। अर्का प्रत्यक्षदर्शीले भने, “जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन्।”  

एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन्। उनले भने, “विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।“

एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् । उनले भने, “पन्ध्र जनालाई लोकनायक अस्पतालमा ल्याइएको छ । तीमध्ये आठ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । तीन जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ। (रासस/एएनआई) 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार