मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माणका लागि नेपाल र भुटानबीच लिज सम्झौता

Ujyalosandeshonline 12674+ समाचार ( )
११ असार २०८२, बुधवार

रुपन्देही। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृहमन्त्रालयबीच लिज सम्झौता सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग)  र भुटानको शाही सरकारका गृह सचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताएका हुन् ।

उनको अनुसार सम्झौता अनुसार लुम्बिनीको निर्धारित क्षेत्रभित्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थलमा शान्ति र धर्मप्रति भुटानी सरकारको योगदानस्वरूप रोयल भुटानी बौद्ध मोनास्ट्री निर्माण गरिने छ । सम्झौता पत्रमा दुबै पक्षले हस्ताक्षर गरेसँगै ऐतिहासिक सम्बन्धको नयाँ अध्यायको सुरुवात भएको बताइएको छ ।

काठमाडौँस्थित डुसिट प्रिन्सेस होटलमा आयोजित यो कार्यक्रम लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. लामाको नेतृत्व रहेको थियो । उनले यो सम्झौतालाई दुई राष्ट्रबीचको धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उल्लेख गरे । उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध समुदायका लागि आस्थाको केन्द्र बनाउने उद्देश्यसहित लुम्बिनीमा विभिन्न मुलुकको बौद्ध सम्पदास्थल स्थापना भइरहेका बेला भुटान सरकारको सहयोग ऐतिहासिक कदम भएको बताए ।

भुटानी बौद्ध गुम्बा निर्माणले लुम्बिनीको धार्मिक विविधता र समावेशीपनमा थप उचाइ दिने विश्वास व्यक्त गरे । भुटान सरकारको तर्फबाट गृहमन्त्रालयका उच्च अधिकारीहरुले लुम्बिनीमा गुम्बा निर्माण गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्दै यसले भुटान र नेपालबीचको पारम्परिक मित्रता अझ बलियो हुने धारणा व्यक्त गरे । सम्झौता समारोहमा नेपाल सरकार, भुटानी प्रतिनिधिमण्डल, लुम्बिनी विकास कोषका पदाधिकारी, बौद्ध धर्मगुरुहरु, कूटनीतिक क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

लुम्बिनी विकास कोषले पछिल्ला वर्षहरुमा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको महत्व विस्तार गर्ने क्रममा विभिन्न मुलुकसँग सहकार्य गर्दै आएको छ । भुटानी गुम्बाको निर्माण कार्यले शान्ति, करुणा र बुद्धका शिक्षाको विश्वव्यापी सन्देशलाई अझ फैलाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार