मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

चितवनविरुद्ध विराटनगरको फराकिलो जित

Ujyalosandeshonline 12431+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ ।  शुक्रबार भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो । 

जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । विराटनगरले दिएको १८२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १३० रन बनायो ।

चितवनका लागि अमर रौतेलाले ४२ रन जोडे । सन्तोष कार्कीले २८ र रवि बोपाराले २० रन बनाए । कप्तान कुशल मल्लले २५ रन बनाए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा लोकेश बम, बसिर अहमद र सुवास भण्डारीले १–१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । विराटनगरका लागि बासिर अहमदले ६८ रन जोडे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर मार्टिन गप्टिलले ३५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए । राजेश पुलामीमगरले ३३ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे ।

चितवनका लागि रिजन ढकालले दुई तथा कप्तान कुशल मल्ल, सोहेल तानबिर र बासिल अहमदले एकरएक विकेट लिएका छन् ।

अङ्कतालिकामा चितवन ६ अङ्कसहित चौथो स्थानमा रहेको छ । विराटनगरले ४ अङ्कसहित प्ले अफमा पुग्ने झिनो सम्भावना राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार