मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड

Ujyalosandeshonline 12676+ समाचार ( )
२३ जेठ २०८३, शनिबार

कञ्चनपुर । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन पर्यटनलाई प्रवद्र्धन गर्नु रहेकोे छ । निकुञ्जभित्र पाइने दुर्लभ तथा विभिन्न प्रजातिका चराको अवलोकन गराउँदै संरक्षण र पर्यटनबीचको सम्बन्धबारे सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताको अनुपम धरोहर भएको बताउनुभयो । उहाँले चरा पर्यटनले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने उल्लेख गर्दै प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्ज क्षेत्रमा ४६० भन्दाबढी प्रजातिका चरा अभिलेख गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी शिकारी ताल क्षेत्र चराको महत्वपूर्ण बासस्थानका रूपमा परिचित रहेको छ । उक्त क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।

“सिमसार क्षेत्र जोगाउन सके मात्रै जलचर तथा प्रवासी चराको बासस्थान सुरक्षित रहन्छ,” प्रमुख संरक्षण अधिकृत चौधरीले भन्नुभयो, “चरा संरक्षण र पर्यावरणीय सन्तुलनका लागि तालतलैयाको संरक्षण अपरिहार्य छ ।”डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले चरा पर्यटन प्रकृतिमा आधारित दिगो पर्यटनको महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो । उहाँले वन, वन्यजन्तु र चराको संरक्षणबाट पर्यटन क्षेत्रलाई थप सबल बनाउन सकिने उल्लेख गर्दै संरक्षणका गतिविधिमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।

चराविद् हिरुलाल डगौराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालकै उत्कृष्ट चरा अवलोकन गन्तव्यमध्ये एक भएको बताउनुभयो । उहाँले यहाँ पाइने दुर्लभ, सङ्कटापन्न तथा प्रवासी चराले अन्तरराष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । “चरा हेर्नकै लागि विदेशी पर्यटक विभिन्न देशबाट नेपाल आउने गरेका छन्,” उहाँले भन्नुभयो, शुक्लाफाँटाको उचित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके चरा पर्यटनले स्थानीय समुदायको आयआर्जन बढाउन भूमिका खेल्छ ।”

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संरक्षणकर्मी, पर्यटन व्यवसायी तथा प्रकृतिप्रेमीको सहभागिता रहेको थियो । सहभागीले निकुञ्ज क्षेत्रभित्र रहेका विभिन्न प्रजातिका चराको अवलोकन गर्नुका साथै तिनको संरक्षण र पर्यटन विकासका सम्भावनाबारे छलफल गर्नुभएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार