मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |
मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |


ओलीको गृहजिल्ला पुगेर प्रचण्डले भने : ‘अगामि निर्वाचन झापाबाटै लड्छु’

Ujyalosandeshonline 11564+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८४ सालमा झापाको कुनै क्षेत्रबाट निर्वाचन लड्न सक्ने संकेत गरेका छन् । आइतबार झापाको बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अधक्ष्य प्रचण्डले झापामा माओवादीप्रतिे आकर्षण बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा झापाबाट नै टक्कर दिने मनस्थिति सृजना भएको बताए ।

‘जित सत्य र न्यायको हुन्छ कि, बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु, प्रचण्डले भने, तेस्रो कार्यकालमा जनताको पक्षमा सकेजति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन भन्ने अपेक्षा पार्टीको छ ।’

‘जनतामाझ हाम्रो क्रेज बढ्न थालेपछि एकथरी प्रतिक्रियावादीहरु हामीलाई फुटाउने प्रयास गरिरहेका छन् । यो कुरा नयाँ होइन, जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया लगायतका समयमा पनि पार्टी फुटाउने प्रयास भएका हुन, हामीले ती सबै प्रयासहरुलाई निरर्थक बनायौं, प्रचण्डले भने–‘केहिदिन अघि सम्पन्न स्थायी कमिटीको बैठकले फुटवादी मानसिकतालाई सधैको लागि अन्त्य गरेको छ, हामी अहिले एकढिक्का मात्र होइन, बाटो बिराएर अन्यत्र गएका साथीहरु पनि चाँडै एकिकृत हुँदैछौ ।’

आगामी निर्वाचनबाट नेकपा माओवादी पार्टी मुलुककै ठुलो दलका रुपमा उदाउने उनले बताएका छन् ।मोरङ, सुनसरी र झापाका बिभिन्न कार्यक्रममा सहभागी हुन पुर्व आएका प्रचण्डले ६४ सालमा माओवादीलाई मत दिएका मतदाताको जिल्ला तहका नेतालाई मनोबिज्ञान बुझ्न निर्देशन दिएका छन् । उनले ६४ मा मत दिने जनतासँग माफी माग्न, बिदेश गएका नागरिकको सुचि तयार गर्न र ६४ को निर्वाचनका समयमा नाबालक रहेका जनताको मनोबिज्ञान अध्ययन गरेर उनीहरुको अपेक्षा अनुसार अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जनयुद्ध गरिरहेका माओवादीलाई नेपाली राजनीतिको मुलधारमा कांग्रेस र एमालेले ल्याएको भनेर गलत प्रचार गरिरहेको उनले बताए । ‘उहाँहरुको संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा हामी सहमत भएको भए उहाँहरुले ल्याएको भन्न सकिन्थ्यो, प्रचण्डले भने–‘उहाँहरु नै हामीले अघि सारेको मुद्दा गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र, समानुपातिक निर्वाचन प्रणालीमा समाहित भएर आउनु भएको छ । उहाँहरुको अस्तित्व चै माओवादीले जोगाइदिएको हो ।’

बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वास गरेर गम्भीर गल्ती गरेको उनले बताए । ‘दुई तिहाईको सरकारको नेतृत्व गरेको समयमा संविधान च्यात्न खोज्ने ओलीलाई अब सुध्रिए कि, भनेर मैले दोस्रो पटक बिश्वास गर्दै उनको समर्थनमा प्रधानमन्त्री बने, तर ओली सुध्रिनु त कता हो कता, उनीजस्तो अनैतिक, बेइमान र भ्रष्टहरुको संरक्षक अरु कोही रहेनछ ।’ प्रचण्डले केपी ओलीलाई सुधार्नु भनेको गधालाई धोएर गाई बनाउनु जस्तै भएको प्रतिक्रिया दिए ।

दुनियाँमा कतै नभएको पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने काम नेपालमा भएको उनले बताए । भारत र अमेरिका लगायतका देशको उदाहरण दिदै प्रचण्डले अप्राकृतिक गठबन्धनबाट बनेको सरकार धेरै समय नजाने टिप्पणी गरे । उनले ८४ सालसम्म माओवादी सरकारमा नजाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा एमालेका पुराना नेता तथा तत्कालिन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङवा, एमालेका जिल्ला नेता सिता रणपहेली, मोहन योगी, जगत राई लगायत २ सय नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार