मुख्य समाचार
सिद्धार्थनगर–९ मा उद्घोषण कला तथा माइन्युट लेखन सम्बन्धी ७ दिने तालिम सुरु | जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता | रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य | सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया | झापामा रगतको माग उच्च | बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा | ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन |
मुख्य समाचार
सिद्धार्थनगर–९ मा उद्घोषण कला तथा माइन्युट लेखन सम्बन्धी ७ दिने तालिम सुरु | जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता | रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य | सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया | झापामा रगतको माग उच्च | बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा | ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन |


म समाजवाद निर्माणको अभियानमा छु : प्रचण्ड

Ujyalosandeshonline 11210+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् । 

समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताएका हुन् । 

‘मैले अहिलेसम्म तीनपटक सरकारको नेतृत्व अवसर पाएँ, हरेकपटक नवीनताको सुरुवात गरेको छु’– अध्यक्ष प्रचण्डले भने, ‘पहिलो कार्यकालमा पहाडी क्षेत्रमै सुविधा पुर्याएर बसाइँसराई रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात र गरीबको कृषि ऋण मिनाह, दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व मेरा महत्वपूर्ण प्रयास थिए ।’

उनले तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले जनतालाई नयाँ आशा जागृत गर्ने ढोकासमेत खोलेको बताए । ‘म तेस्रोपटक प्रधानमन्नत्री हुँदा धेरैतिर निरासा थियो । भ्रष्टाचार डरलाग्दो गरी मौलाइरहेको थियो भने विभिन्न स्वरुपका विभेद समस्याको रुपमा देखिन थालेका थिए । आर्थिक रुपमा नेपाल जर्जर अवस्थामा थियो’ पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको उपलब्धि स्मरण गर्दै भने, ‘त्यो बेलामा मैले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानले जनतामा पर्न थालेको आशा जगाउने काम मात्रै गरेन, यसले समाजवाद निर्माणको ढोकासमेत खोलेको छ ।’ 

अब आफू सुशासन, सामाजिक न्याय र समृद्धिको यही एजेण्डामार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्ने उल्लेख गर्दै उनले सहयोगका लागि सबैलाई आग्रह पनि गरे । 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले हरेक हरेक समुदायकोे पहिचान स्थापित गरेर मात्रै राष्ट्रिय एकता कायम गर्न सकिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हरेक समुदायका संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा स्थापित गर्न आफूले मुख्यरुपमा जोड दिँदै आएको र सफल पनि भएको बताए । 

कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू पूर्णकालीनरुपमा राजनीतिमा होमिनुभन्दा अगाडि तीन वर्ष अध्यापन गरेको सम्झना सुनाए । ‘मेरा आरुघाटसँगका सम्बन्धहरु अलि असाधारण प्रकृतिका छन् । एउटा व्यक्तिको जीवनमा दुई तीन वर्ष एउटा विद्यालयमा शिक्षकको रुपमा रहने ठूलो कुरा होइन तर त्यतिबेला जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने त्यो मेरो पहिलो अभ्यास थियो’– उनले भने, ‘मैले त्यहाँ कक्षा कोठामा शिक्षण मात्रै गरिनँ, किसानहरुलाई प्रौढ कक्षादेखि कृषि पेशालाई आधुनिकीकरण गर्ने र शौचालय निर्माणलगायतका सरसफाईका जागरणका कामहरु पनि गरें ।’ यसले आफूलाई जनतासँग जोडिन प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै उनले आफू पूर्णकालीन राजनीतिमा होमिनुअघि अब जीवनलाई कता लैजाने भन्ने निष्कर्ष निकाल्ने आधारको रुपमा पनि आरुघाटलाई लिने गरेको स्मरण गरे ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार