मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘माधव नेपाल’ले कसैसँग घुस लियो भनेर भन्नसक्ने मान्छे धर्तीमै छैनन् : माधव नेपाल

Ujyalosandeshonline 12431+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘माधव नेपाल’ले पैसा घुस कसैसँग लिएको भनेर भन्नसक्ने मान्छे धर्तीमै नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा एस सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटिद्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले खाएको विष लाग्ने हो नखाएको विष लाग्दैँन् भन्दै नेपालले घुस खाएको कुरा पुष्टि गर्न चुनौती दिएका छन् । 

उनले भने, ‘तपाइँहरु निश्चिन्त रहनुहोस, खाएको विष लाग्ने हो नखाएको विष लाग्दैँन् । त्यसकारण मैले त चुनौती दिने गरेको छु । मुलुकलाई अगाडि बढाउन सहयोग गर्ने मान्छे हुँ म । दुई वर्ष प्रधानमन्त्री भएर मुलुक चलाउने मै हो, संकटको बेला देशलाई अगाडि बढाउने मै हो । तर कोही मान्छे छ यो धर्तीमा जन्मेको जसले भनोस माधव नेपालले पैसा घुस कसैसँग लिएको छ । म चुनौतीका साथ भन्न चाहान्छु ।’ 

घुस खाने, भ्रष्टाचार गर्ने मान्छेसँग जोड्ने कुरा सबैभन्दा चित्त दुख्ने कुरा भएको उनको भनाइ छ । यस्तै, उनले बिराएको छैन् भने डराउनुपर्ने कुनै आवश्यकता छैन् भन्ने उच्च मनोबलका साथ अगाडि बढेको भन्दै अन्त्यमा सत्यको जित र असत्यको हार निश्चित हुने बताए ।

उनले भने, ‘एउटा मान्यता बोकेर म अगाडि बढेको छु । नबिराउनु, नडराउनु । बिराएको छैन् भने डराउनु पर्ने कुनै आवश्यकता छैन् । मान्छेको मनोबल गिराउने, मान्छेलाई तनाबयुक्त बनाउने र मान्छेको व्यक्तित्वलाई सिध्याउनेगरी लागेका छन् । अझ कोही कोही त धेरै खुरापाती हुन्छन् । तर अन्त्यमा सत्यको जित हुन्छ असत्यको हार हुन्छ । न्यायको जित हुन्छ, अन्यायको हार हुन्छ । अन्याय गर्नेहरुको पतन हुन्छ । इतिहास साक्षी छ । यो उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । यसरी नै अगाडि बढ्न पनि आग्रह गर्न चाहान्छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार