मुख्य समाचार
ध्वजा ध्वजा भएर सुक्न थाले धानखेती | स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य | भुटानी गृहमन्त्री छिरिङ र पर्यटनमन्त्री पौडेललाई स्वागत | पर्यटन प्रवर्द्धनका लागि दक्ष पथप्रदर्शक उत्पादन गर्नुपर्नेमा जोड | लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास | काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि | चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन | वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड | अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना | नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल |
मुख्य समाचार
ध्वजा ध्वजा भएर सुक्न थाले धानखेती | स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य | भुटानी गृहमन्त्री छिरिङ र पर्यटनमन्त्री पौडेललाई स्वागत | पर्यटन प्रवर्द्धनका लागि दक्ष पथप्रदर्शक उत्पादन गर्नुपर्नेमा जोड | लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास | काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि | चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन | वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड | अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना | नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल |


रोल्पाको अर्गानिक टिमुरमा विदेशी कम्पनीको चासो, किसानलाई प्राथमिकतामा राखेर व्यवसायीक योजना बनाउन मुख्यमन्त्रीको आग्रह

Ujyalosandeshonline 11645+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेति बारे प्रदेश सरकारले व्यवसायीक योजना बनाउन साथ दिने बताउनु भएको छ । लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अर्गानिक टिमुर खेति हुदै आएको छ । टिमुरको व्यवसायीक खेतिबाट किसानको जीवनस्तर सुधार गर्न सकिने भनाई मुख्यमन्त्री आचार्यको छ । विदेशी दातृ निकाय  तथा उद्यमीहरु संग बिहिवार राप्ती उपत्यका देउखुरीमा भएको भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासको लागी सम्वोधन गरिएको समेत जानकारी दिनुभयो ।

‘हाम्रा पहाडी भू–भागमा राम्रो टिमुर उत्पादन हुन्छ । किसानलाई बढी फाईदा हुनेगरी टिमुर उत्पादन गर्न प्रदेश सरकार सहयोग गर्न तयार छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यूरोप, अमेरिकामा यसको व्यापार राम्रो रहेको हुँदा लुम्बिनीको टिमुरलाई विश्व बजार सम्म पु¥याउन सकिन्छ ।’ प्रदेश सरकारले चालु आर्थिक बर्षमा टिमुर खेति प्रबद्र्धन गर्न ७० लाख बजेट विनियोजन गरेको छ । 

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य वसीउद्दीन खाँ, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले लगायत संग फ्रान्सका इक्वेडिसका प्रमुख पिरे अलेक्डेण्डरले भेट गर्नु भएको हो । भेटको क्रममा उहाँले नेपाली टिमुर विश्वकै नमुना मानिने भएकाले विश्व बजारमा खपत हुने आधार रहेको बताउनु भएको छ । नेपाली टिमुरलाई पूर्ण विषादीमुक्त अवस्थामै बचाउनुपर्ने, जसले गर्दा अर्गानिक उत्पालनको रुपमा मुल्य समेत राम्रो पाउने धारणा राख्नु भयो । 

पूर्व मुख्यमन्त्री तथा कांग्रेस दल नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा टिमुरको उत्पादन राम्रो रहेको र यसबाट किसानले धेरै आम्दानी गर्न सक्ने आधार रहेको बथाउनु भयो ।‘लुम्बिनी प्रदेशले टिमुरबाट राम्रो गर्न सक्छ । यसको आधार छ’उहाँले भन्नुभयो,‘किसानले पाउने मूल्य कम छ । प्रदेश सरकारले किसानलाई समृद्ध बनाउने अभियानका रुपमा यो कार्यक्रम जोड्नुपर्छ ।’ भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले टिमुरबाट प्रदेशको समृद्धि र विकासको आधार निर्माण गर्न सकिने बताउनु भयो । 

५० हजार हेक्टरमा टिमुर खेतिको सम्भावना

लुम्बिनी प्रदेशमा जेठ १८ गते टिमुर सम्मेलन भएको थियो । लुम्बिनी प्रदेशमा १० लाख हेक्टर वन क्षेत्र छ र जस मध्य ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भावना रहेको प्रदेश सरकारले जनाएको छ । एक हेक्टर जमिनमा चार सय विरुवा हुर्काउने सकिने, एउटा विरुवाबाट मात्रै तीन केजी सम्म टिमुर उत्पादन गर्न सकियो भने प्रति बर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने आधार छ ।

प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५ सय देखी ८ सय रुपैयाँ किलोमा सहजै विक्रि हुने गरेको छ र यसलाई कालो सुन भनेर पनि चिन्ने गरिन्छ । वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेका अनुसार आर्थिक बर्ष २०७८\०७९ मा दुई लाख ९० हजार पाँच सय १९ किलो टिमुर निर्यात भएको छ । 

रोल्पाको टिमुरमा विदेशी चासो

रोल्पा जिल्लाका विभिन्न स्थानमा टिमुरको व्यवसायीक खेति हुदै आएको छ । बिषादीरहित टिमुरलाई विश्व बजारमा पु¥याउदा त्यहाँबाट राम्रो आम्दानी हुन सक्ने भएपछी सर्वेक्षण समेत सुरु भएको छ । माडीगाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा स्थानीयले टिमुर खेती गर्दै आएका छन् । यहाँ पाइने अर्गानिक टिमुरलाई विश्व बजारमा पु¥याउन सकिने बारेमा विदेशी कम्पनीहरुले चासो देखाएर अध्ययन, सर्वेक्षण थालेका हुन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार