मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

गाडीको ठक्करबाट सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु, घट्ना रहस्यमय

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

अर्जुन थपलिया

सिरहा । अवैध मदिरा नियन्त्रणमा लिन मध्यरातमा बोर्डरमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण यादवको हत्या भएको छ ।

नेपालबाट भारततर्फ अवैध मदिरा तस्करी निकासी गर्ने तस्करको स्कारपियो गाडीले भारतीय सीमा नजिकै सिरहाको बरियारपट्टी गाउँपालिका पाँच कचनारी गाउँमा यादवलाई ठक्कर दिएको थियो । 

शनिवार अन्दाजी राति १२ बजेतिर भारततर्फ हुकिएर जाँदै गरेको स्कारपियोलाई चेकजाँच गर्ने उद्देश्यले सई यादवले रोक्न खोज्दा उक्त गाडीले किचेर भारततर्फ भागेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए ।

यादवको कमाण्डमा रहेका अन्य सुरक्षाकर्मीहरुले जिल्लास्थित सशस्त्र प्रहरी हेडक्वाटरमा घटनाबारे सूचना गरेका थिए । यादवको शव पोष्टमार्टमको लागि लहान अस्पताल पु¥याइएको छ । मृतक यादव सिरहाकै नरहा गाउँपालिका वडा नं. ५ का बासिन्दा हुन् । 

प्रहरीले हत्यारा मदिरा तस्कर, सवारी साधन स्कारपियो र सवारी चालकलाई पक्राउ गर्न नसकेको भन्दै लहानमा केहीबेर राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले सामान्य बल प्रयोग गरेर राजमार्ग खुलाएपनि परिवारजनले शव बुझ्न मानेका छैनन् । लहान बजार केहीबेर तनावग्रस्त भएको थियो । प्रहरीले एकजना संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ तर उसको नाम सार्वजनिक गरेको छैन ।

यता परिवारजनले प्रहरीले पक्राउ गरेको एक जनाको नाम तत्काल सार्वजनिक गर्नुपर्ने, यादवको कमाण्डमा खटिएका अन्य सशस्त्र प्रहरीका जवानहरुको नाम सार्वजनिक गर्नुपर्ने र उनीहरुको वयान लिनुपर्ने अडान लिएको छ ।

यादवका परिवारजन सालो रञ्जित कुमार यादवले माथिल्लो तहका अधिकारीहरुले तस्करसँग अनुचित सौदावाजी गरेर सई लक्ष्मण यादवको सुनियोजित तरिकाले हत्या गराएको आरोप लगाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार