मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

भैरहवामा नेपाली कम्युनिष्ट पार्टीको एकता घोषणा कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11171+ समाचार ( )
२७ मंगशिर २०८२, शनिबार

भैरहवा । नेपाली कम्युनिष्ट पार्टी सिद्धार्थनगर नगर समितिको आयोजनामा भैरहवामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष नारायण बहादुर हमालको अध्यक्षता र महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य हक्की कुल्लाह खानको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खानले बामपन्थी शक्तिको विभाजनले प्रतिक्रियावादीलाई फाइदा पुगेको भन्दै अब वैचारिक र संगठनात्मक एकता अपरिहार्य रहेको बताउनुभयो । उहाँले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको आरोप लगाउँदै वैकल्पिक शक्तिको खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भ्रष्टाचार, कुशासन र जनताको निराशा चिर्न सम्पूर्ण बामपन्थी दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले संघीयता, गणतन्त्र र संविधानको रक्षा गर्दै स्थानीय तहबाटै संगठन सुदृढ गरिने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, विशिष्ट अतिथि आदित्य नारायण कसौधनले संविधान र गणतन्त्रलाई कमजोर बनाउने प्रयास विरुद्ध एकीकृत बामपन्थी शक्ति ढाल बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा युवा नेता मेराज खानले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सार्दुल मयुर कसौधनले गर्नुभएको थियो । सो अवसरमा पार्टीले आगामी दिनमा संगठन विस्तार र जनपक्षीय गतिविधि अघि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार