मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

‘बर्ड फ्लु’ भेटिएपछि मासु–अण्डा ओसारपसारमा प्रतिबन्ध

Ujyalosandeshonline 11467+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

बिर्तामोड (झापा) । दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । दमक नगरपालिकाका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिइएको छ ।

नगरप्रमुख रामकुमार थापाले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सबै कदम चालिएको उल्लेख गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । दमकमा पशु विकास अधिकृत विपु अधिकारीका अनुसार सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित फार्मका कुखुरा नष्ट गर्ने तयारी गरिएको छ । सोमबार विज्ञसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी सङ्क्रमित तथा शङ्कास्पद कुखुरा स्वास्थ्य मापदण्डअनुसार नष्ट गर्ने जनाइएको छ ।

दमक नगरपालिका–१० मा ठूलासाना गरी करिब २५ कुखुरा फार्म रहेका दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाले असामान्य रूपमा कुखुरा बिरामी हुने वा अचानक मर्ने घटना देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । साथै मृत वा बिरामी कुखुरा नछुन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा कुखुराजन्य सामग्री प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने रोग भएकाले यसको नियन्त्रण र रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ । दमक–१० स्थित वडा कार्यालय नजिकै रहेको यो फर्ममा करिब १३ हजार कुखुरा रहेको र सो फर्मको अनुगमनपछि विराटनगरवाट आउने टोलीको सल्लाहअनुसार अघि बढ्ने तयारी गरिएको नगरप्रमुख थापाले  राससलाई जानकारी  दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार