मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

गलत सूचना प्रवाह र सुरक्षा चुनौतीबारे नक्सालमा विज्ञहरूको बहस

Ujyalosandeshonline 11564+ समाचार ( )
२७ माघ २०८२, सोमबार

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा ‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका’ विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सञ्चार माध्यम लोकतन्त्रको मेरुदण्ड र राज्य तथा नागरिकबीचको सेतु भएको चर्चा गर्नुभयो ।

उहाँले डिजिटल युगमा सूचनाको होडबाजीका कारण ‘मिस इन्फर्मेसन’, ‘डिस इन्फर्मेसन’ र ‘डिप फेक’ जस्ता चुनौतीहरू बढेको भन्दै यसले शान्ति सुरक्षा र न्यायिक प्रक्रियामा असर पार्न सक्ने बताउनुभयो । महानिरीक्षक कार्कीले प्रहरी र सञ्चार माध्यम दुवैको साझा लक्ष्य सत्यको खोजी गर्नु रहेकाले आपसी समन्वय, निष्पक्षता र तथ्यमा आधारित सूचना सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा वरिष्ठ पत्रकार लक्ष्मण हुमागाँई र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले गलत सूचना प्रवाहले निम्त्याउने जोखिम र सुरक्षा चुनौती सम्बन्धी अलग-अलग कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यपत्रहरूमाथि अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र वरिष्ठ पत्रकार प्रतिक प्रधानले टिप्पणी गर्नुभएको थियो।प्रहरी र सञ्चारकर्मीबीच प्रभावकारी समन्वय र सहयोग आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विशिष्ट प्रहरी अधिकृतहरू, सरकारी अधिकारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार