मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सम्मरीमाई–१ का आगलागीपीडितलाई रेडक्रस सोसाईटीद्वारा राहत वितरण

जैसमोहम्मद खान 76+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

मर्चवार । नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाले आगलागीपीडितलाई राहत वितरण गरेको छ । रेडक्रसले मर्चवार क्षेत्र अन्तर्गत सम्मरीमाई गाउँपालिका वडा नम्बर १ का १३ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराएको हो ।

गत वैशाख ७ गते दिउँसो भएको आगलागीबाट स्थानीयको घरमा क्षति पुगेको थियो । घरायसी जिन्सी वस्तुहरु, लुगाकपडा, बाख्रा, भाडाकुडा लगायतका सामग्री जलेको रेडक्रस सम्मरीमाई उपशाखाका सभापति केशव कुमार उपाध्यायले बताए । पीडितहरुलाई कपडा, कम्मल, त्रिपाललगायतका सामग्री वितरण गरिएको उपाध्यायले जानकारी दिए ।

उक्त सामग्री वितरण कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखा सभापति दीपक क्षेत्री न्यौपाने, रेडक्रस सम्मरीमाई उपशाखा सभापति केशव कुमार उपाध्याय, कोषाध्यक्ष अंकित कुर्मी, सदस्य जगन्नाथ कुर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार