मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रमजानको अवसरमा रुपन्देहीका २०० विपन्न परिवारलाई खाद्यान्न वितरण

Ujyalosandeshonline 11566+ समाचार ( )
२९ फाल्गुन २०८२, शुक्रबार

मर्चवार । मुस्लिम समुदायको पवित्र पर्व रमजानको अवसर पारेर रुपन्देहीका २ सय विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । तौहिद मानव परोपकार सेवा संघ कोटहीमाई–५ को आयोजना तथा बेलायतस्थित 'वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी'को सहयोगमा कोटहीमाई–५ बेनीनगरमा राहत वितरण गरिएको हो ।

वितरण गरिएको राहत सामग्रीमा चामल, पिठो, खाने तेल, नुन, दाललगायतका अत्यावश्यक उपभोग्य वस्तुहरू छन् । रुपन्देहीका कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई, मायादेवी, सियारी र शुद्धोधन गाउँपालिकाका अति विपन्न परिवारलाई उक्त खाद्यान्न प्रदान गरिएको हो । विशेषगरी राहत वितरणमा मुस्लिम र हिन्दु दुवै समुदायका विपन्न परिवारलाई समेटेर धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिन खोजिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारले रमजान दान, सहयोग र परोपकारको महिना भएकाले सहयोगी दाताहरूको सहकार्यमा विपन्न परिवारको चुल्हो बाल्न सहयोग गरिएको बताए । त्यस्तै, राहत हस्तान्तरण गर्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले पवित्र महिनामा 'हुने खानेले हुँदा खानेलाई' सहयोग गर्नु अत्यन्तै सकारात्मक र प्रेरणादायी कार्य भएको बताए ।

यस्ता गतिविधिले समाजमा एकताको सन्देश प्रवाह गर्ने भन्दै उनले संस्थाका मानवीय कार्यमा गाउँपालिकाले सदैव आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए । स्थानीय समाजसेवी, नागरिक अगुवा र सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा आयोजक संस्थाले आगामी दिनमा पनि विपन्न लक्षित यस्ता राहत र सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार