मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

‘हामी विरुद्ध गलत प्रचार भयो’

Ujyalosandeshonline 12676+ समाचार ( )
२० असार २०८३, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले आफू र पार्टी विरुद्ध गलत प्रचार भइरहेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले बागमती प्रदेशको आयोजनामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी सफलताका साथ अगाडि बढेको बेला गलत तवरले प्रचार आक्रमण भएको टिप्पणी गर्नुभयो ।

“हामीले पार्टीमा समय–समयमा ठूला धक्काहरू बेहोरेका छौँ । असफलताहरू पनि भोग्नुपरेको छ । हामीलाई रोक्न अनेक व्यवधानहरू आएका हुन्छन्, तर तिनीहरूलाई छिचोल्दै अघि बढ्छौँ,” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले पार्टीका कार्यकर्ताका लागि अहिले फेरि एउटा परीक्षाको घडी जस्तै अवस्था आएको उल्लेख गर्दै कार्यकर्ताको आँट र भरोसाले फेरि पार्टी उठ्ने बताउनुभयो । उहाँले समय गतिशील र परिवर्तनशील रहेकाले पार्टी फेरि पनि उठाउने बताउनुभयो । 

“पार्टी सफल वा असफल हुँदा नेतृत्वको हिसाबले मैले जिम्मेवारी लिन्छु । तर पार्टीले अप्ठ्यारो परेर धक्का खायो भने अध्यक्ष एक्लैको जिम्मेवारी हुँदैन,” उहाँले भन्नुभयो, “पार्टी विरोधीसँग मिलेर नचाहिने खालका गतिविधि गर्न उपयुक्त हुँदैन ।”कार्यक्रममा एमाले सचिव महेश बस्नेतले पार्टी जागरण अभियानबाट पार्टीलाई पुनः पहिलेकै अवस्थामा फर्काइने बताउनुभयो । उहाँले पार्टी पुनर्गठन तत्कालका लागि नहुने स्पष्ट पार्टी जागरण अभियानबाट नै पार्टी बलियो हुने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार