मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

बालबालिकाको स्वास्थ्य प्रवद्र्धन अभियान सुरु

अनिल नेपाली 141+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

अर्घाखाँची । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत १४ गतेदेखि ‘स्वर्ण विन्दु प्राशन’ अभियान सुरु गर्ने भएको छ। सन्धिखर्कमा आयोजित एक अभिमुखीकरण कार्यक्रममार्फत केन्द्रका प्रमुख कमल प्रसाद आचार्यले पहिलो चरणमा सन्धिखर्क नगरपालिका वडा नं. १ र २ का १ देखि ५ वर्ष उमेर समूहका झण्डै एक हजार बालबालिकालाई यो सेवा प्रदान गरिने जानकारी दिनुभयो। बालबालिकाको शारीरिक तथा मानसिक विकास, स्मरण शक्ति वृद्धि र रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रभावकारी मानिने यो औषधि चैत १४ गते बिहान ६ देखि १० बजेसम्म केन्द्रको प्राङ्गणमा खुवाइनेछ।

अभियान अन्तर्गत १ देखि २ वर्षका बालबालिकालाई २ थोपा र ५ वर्षसम्मकालाई ४ थोपा औषधि खुवाइने भएकाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई खाली पेटमा ल्याउन आग्रह गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेषज्ञहरूले स्वर्ण विन्दु प्राशनको महत्वबारे प्रकाश पार्नुभएको थियो भने विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले अभियानको सफलताको कामना गरेका थिए। यस कार्यक्रमले आयुर्वेदप्रति जनचेतना जगाउन र परम्परागत उपचार पद्धतिको संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार