मुख्य समाचार
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन | किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर | पाथीभरा | भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा प्रहरीको छापा: म्यानेजरसहित १९ नेपाली नागरिक पक्राउ | निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल | स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा | स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै | मनाङको चामे बजार |

भ्रष्टाचार विरुद्धको कारबाही रोकिएको छैन : प्रधानमन्त्री कार्की

रासस 498+ समाचार ( )
१७ मंगशिर २०८२, बुधवार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचार विरुद्धको कारबाही नरोकिने बताउनुभएको छ । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो । 

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन, हामी रोकिँदैनौँ ।”

निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको उहाँले बताउनुभयो । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचना नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको उहाँले प्रस्ट्याउनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामी कहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ ।

केन्द्रीय अनुन्धान ब्युरो छ, विगतमा ती निकायलाई प्रभावकारी रूपमा काम गर्न नदिइएको हुन सक्छ । दलीय प्रभाव परेको हुन सक्छ, हामी कुनै प्रकारको दबाब दिँदैनौँ । ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्, प्रभावकारी ढङ्गले चल्न सकुन, समानान्तर रूपमा धेरै संरचना बनाएर मात्र नतिजा आउने होइन । मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो ।” अहिले अख्तियारले आफ्नो रफ्तार बढाइरहेको उहाँले बताउनुभयो । 

सबै क्षेत्रको अति दलीयकरण हुँदा मुलुकले प्रगति गर्न नसकेको टिप्पणी गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तपाईंहरूले समाचारमा पढिरहनुभएकै होला । केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरूले कदम चालेका छन् ।”

प्रधानमन्त्री कार्कीले आउँदो चुनावमा युवालाई नै संसद्मा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणासमेत राख्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, “यहाँ किसानका नाममा  राजनीति भयो । किसानले मल पाउँदैनन् तर किसानको नेता देश–विदेश घुमिरहेको हुन्छ, मन्त्री–सांसद बनिरहेको हुन्छ, कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ ।

सहुलितको मल, बीउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ, अरु व्यवसाय गर्नेहरूका नाममा राजनीति भयो, आफ्नो पेसा–व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ । भ्रष्टाचारको जड यहाँ छ, यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ ?”

नेता किरातीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गर्नुभएको थियो । उहाँहरूले आन्दोलनकारी जेनजीमाथि एकातिर प्रहरीले धरपडक गरिरहेको र अर्कोतिर केही दलले घोषित रूपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । यदि कुनै दलले घोषित रूपमै गुण्डागर्दी गर्न सङ्गठन खोलेर अघि बढ्छ भने जेनजीले प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्छ भनी उहाँहरूले चेतावनी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार