मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख

विवेक विश्वकर्मा 26+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

धकधइ। रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । पालिकाका प्रवक्ता एवम वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्रीले मंगलबार बजेट सार्वजनिक गर्दै आन्तरिक आय एक करोड ९६ लाख बाह्र हजार आठ सय चौरासी रुपैया, संघीय सरकारबाट ५१ करोड १४ लाख ९३ हजार ११६ रुपैया,  प्रदेशसरकारबाट तीन करोड २३ लाख ९४ हजार, बैंक मौजदात दुई करोड ५० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख गरि  जम्मा ५९  करोड १७ लाख अनुमान गरेको बताए ।

पालिकाले अध्यक्षलाइ ३ करोड १६ लाख, उपाध्यक्षलाई एक करोड र वडा कार्यालयलाइ भने ९५ लाख विनियोजन गरेको छ । यसै गरि शिक्षा तर्फ तीन करोड, कार्यालय सन्चालन र प्रशासनिक खर्चको लागि  नौ करोड पचीस लाख, स्वास्थ्य कृषि तर्फ १५/१५  लाख, शिक्षा तर्फ ३ करोड विनियोजन गरेको छ ।

यसै गरि रोहिणी गाउँपालिकाले १७ औ गाउँसभाबाट नीति तथा कार्यक्रम पनि पारीत गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आपसी सम्बाद, समन्वय, सहमति र सहकार्य मार्फत शासन सञ्चालन विकास व्यवस्थापन र सेवा प्रवाहमा सुधारको वाटो अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, युवा तथा खेलकुद लगायतमा १३८ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको शुरुवाट नै कार्यान्वयन गर्न पहल गरिने र खर/फुसको छाना मुक्त पालिका घोषणा गरिने नीति लिइएको छ ।  सीमान्तकृत विपन्न तथा अति गरीवहरुका लागि आयआर्जन सम्बन्धी सीपमुलक कार्यक्रम गरिने अध्यक्ष यादवले बताए ।  सामाजिक सुरक्षा भत्तालाई अझ सरल र छिटो तरिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइ विद्युतीय माध्यमवाट सामाजिक सुरक्षा प्रणालीमा सहजीकरण गर्ने कर्मचारीहरुलाई प्रोत्साहन गरिने नीति लिइएको उनले बताए । 

विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ  । सडक स्तरोन्नतीसँगै नाली निर्माण गरिने र  रोहिणी वडा नं १ र २ जोड्ने रोहिणी नदीमा झोलुङ्गे पुल निर्माण गरिने यादवले बताए । सबै सडकहरुको मापदण्ड निर्माण र नामाकरण गरिनेछ 

रोहिणी गाउँपालिकाको आधुनिक प्रविधिमैत्री सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गरि कार्यन्वयनमा ल्याईने नीति ल्याएको छ । गाउँपालिका भित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका विरामीहरुक लागि निःशुल्क आधारभुत औषधी उपलब्ध गराउने  र ज्येष्ठ नागरिक (८० वर्ष भन्दा माथि ) का र क वर्गका अपाङ्गहरुका लागि कार्यतालिका बनाई स्वास्थ्यकर्मीद्धारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिने यादवले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार