मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रुपन्देहीमा २३ लाख बढीको अवैध सामान बरामद: तस्करीको जालो तोड्न प्रहरीलाई चुनौती

Ujyalosandeshonline 11540+ समाचार ( )
२९ वैशाख २०८३, मङ्गलबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली र चोरी पैठारी गरी ल्याइएका लाखौँ मूल्यका अवैध सामान बरामद गरेको छ। प्रहरीको विशेष टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा गरेको आकस्मिक चेकजाँचका क्रममा २३ लाख ३ हजार २ सय ३७ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमा लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तुसम्म रहेका छन्। जसमा कैँची, बोइलर कुखुरा, जेन्स टिसर्ट, जाली टोपी, पन्जा, कृत्रिम फूल, केरा, चिनी, साडी र खुर्सानी रहेका छन्। यसैगरी लेडिज सुट, गाडीमा झुण्ड्याउने झुमर, माला, कानको बाली, हार, ब्रासलेट, प्याकिङ प्लास्टिक, लेडिज सेन्डल, ललिपप मिठाई, धानको बीउ, सिसा, किराना सामान र विभिन्न कस्मेटिक सामग्रीका साथै तस्करीमा प्रयोग गरिएका मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले नियन्त्रणमा लिइएका सामानहरू आवश्यक कानुनी कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको जानकारी दिनुभयो। प्रहरीले दैनिकजसो सामान बरामद गरिरहेको दाबी गरे पनि सीमा क्षेत्रमा तस्करीको जालो भने अझै मजबुत रहेको स्थानीयको गुनासो छ। स्थानीय बासिन्दाका अनुसार नवलपरासीको तोनवा नाका हुँदै ठुलो मात्रामा भारतीय माछा मोटरसाइकलमार्फत बयारगनाथ, ढेकवार र देवदह हुँदै बुटवलसम्म पुग्ने गरेको छ ।

रातको समयमा रुपन्देहीका विभिन्न सीमा नाकाबाट बोइलर कुखुरा, हार्डवेयरका सामान, चिनी र मोटरपार्ट्सको तस्करी निर्वाध रूपमा भइरहेको दाबी गरिएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) हरू सक्रिय रहँदा-रहँदै पनि यति ठुलो परिमाणमा अवैध सामान सहरसम्म कसरी पुग्छ भनी स्थानीयले प्रश्न उठाएका छन्। सर्वसाधारणले सामान्य घरायसी सामान ल्याउँदा सुरक्षा निकायले कडा निगरानी गर्ने तर व्यावसायिक रूपमा हुने ठुलो तस्करी नरोकिनुले सुरक्षा संयन्त्रमाथि नै संशय पैदा गरेको स्थानीयको आरोप छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार