मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

इन्धन ढुवानी गर्ने ट्याङकरमा गाँजा ओसारपसार गर्ने ४ पक्राउ

Ujyalosandeshonline 11171+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

विराटनगर। डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकर प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने चार जनालाई ठूलो परिमाण गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा धनकुटाको भेडेटारस्थित इलाका प्रहरी कार्यालयबाट बुधबार बिहान जाँचमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकमा मूलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङकरलाई रोकेर जाँच गर्दा उक्त तेल हाल्ने डिब्बाभित्र गाँजा लुकाएको पाइएको थियो ।

प्रहरीका अनुसार त्यसरी लुकाइएको ५ सय ९४ किलो गाँजा बरामद गरिएको छ । गाँजा ओसार पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सहचालक एमडी अफ्रोज, ट्याङकरमा सवार ७० वर्षीय लखन महतो र मोरङको रंगेली नगरपालिका–७ का ७० वर्षीय गयानन्द मण्डललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार