मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

गणतन्त्र र वर्तमान संविधानको जग ००७ सालको क्रान्ति थियो भनेर बिर्सिन हुन्नँ : राष्ट्रपति पौडेल

Ujyalosandeshonline 11564+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिको जगमा नै गणतन्त्र र वर्तमान संविधान प्राप्ति भएको बताएका छन् । ‘लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्र्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुन्नँ,’ राष्ट्रपति पौडेलले सोमबार प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा भनेका छन् । 

राष्ट्रपति पौडेलले फागुन ७ मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको दिनकारुपमा इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिन भएको स्मरण गरेका छन् । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धिकारुपमा उल्लेख गरेका छन् । 

‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ,’ उनले भने, ‘नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’दिवसका अवसरमा राष्ट्रपति पौडेलले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिको कामना समेत गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार