मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

ओमसतिया-६ मा पढन नसक्ने बालबालिकालाई पढ्न सक्ने बनाउने तीन महिने अभियान

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

पशुपति यादव

रोहिणी ।  रुपन्देहीको ओम सतिया गाउँपालिका को वडा नम्बर ६ ले पढ्न नसक्ने पढ्न सक्ने बनाउने तीन महिना अभियान सञ्चालन गरेको छ।

वडा नम्बर ६ अन्तर्गत रहेको विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई शैक्षिकमा सुधारका लागि अभियानको शुभारम्भ गरेको गठित शिक्षा समितिले जनाएको छ।।

वडामा दिन प्रतिदिन शिक्षाको गुणस्तर खसिक्दै गइरहेको अवस्थामा वडाले यो अभियानको थालानी गरेको गठित शिक्षा समिति सदस्य शिवधारी यादवले जानकारी दिएका छन्।

यस वडा अन्तर्गतका सेवा निवृत शिक्षक र विद्यालयका प्राधानाध्यापक जनप्रतिनिधिको संयुक्त रुपमा शिक्षा समिति गठन गरी वडा-६ अन्तर्गत रहेका विद्यालयका शिक्षा क्षेत्रमा सुधार होस् भन्ने हेतुले एक कार्यक्रम बीच शिक्षक प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक संघ तथा अभिभावक शिक्षाविदको संयुक्त उपस्थितिमा एक दिने अन्तरक्रिया गरी शैक्षिक सुधारमा आफ्नो क्षेत्रबाट भूमिका खेल्ने शिक्षा समिति अध्यक्ष वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले आग्रह गरेका छन्।

आजको अवस्था शिक्षकले प्रधानाध्यापकमाथि दोषारोपण अभिभावकले विद्यालयमाथि दोषारोपण गर्नुभन्दा आफू जिम्मेवार र कर्तव्यनिष्ठ भई विद्यालयमा अध्ययनरत बालबालिका राष्ट्रको सम्पत्ति बुझी लगनशीलता भई विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनमा सबैको सहकार्य हुने धवलले अग्रहसमेत गरेका थिए

तीन महिने अभियानमा मेरो तर्फबाट हुने सहयोग हुनेछ शैक्षिक सामग्रीको व्यवस्थापनमा मेरो ध्यान केन्द्रित रहेको अध्यक्ष धवलको भनाइ रहेको थियो। 

तीन महिनामा विषयगत हिसाबले सुधार भएको विद्यालय र शिक्षकलाई पुरस्कृत समेतको व्यवस्था गरेको छु। सुधार ना भएको विद्यालयको लागि स्थानीय सरकार अन्तर्गत रहेको शिक्षा नियमावली अनुसारको स्पष्टीकरणको व्यवस्था पनि राखेको छु अध्यक्ष धवलले मन्तबको क्रममा बताएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार