अनलाइन क्यासिनो गेम खेलाउने तीन महिला सहित चार पक्राउ

Ujyalosandeshonline 11543+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जना महिला सहितचार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, र नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर नगरपालिका –४ बस्ने २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

प्रहरीले उनीहरुबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद गरेको छ । उनीहरुले फायरक्रिन एप्लिेकेशन,क्यास एप मार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको अनुसन्धानको क्रममा खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार