मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रम सार्वजनिक

Ujyalosandeshonline 12441+ समाचार ( )
२१ असार २०८१, बिहीबार

काठमाडौं । नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरेका हुन् । 

उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ । 

नेपालमा पहिलो पटक सवारीसाधन भित्रिएपछि विसं २००७ मा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ । औपचारिक रूपमा २००९ सालमा ‘ट्राफिक पुलिस डिटचम्यान्ट’को नामबाट ट्राफिक प्रहरीको प्रारम्भ भएको थियो । 

प्रहरी महानिरिक्षक कुवँरले ‘ट्राफिक पुलिस मिरर’ को प्रकाशन सँगसँगै काम कारबाहीलाई अझ जनमुखि बनाउन ट्रफिक कर्मचारी प्रशिक्षण, अनुगमन, सुपरिवेक्षणमा सुधार ल्याउन आवश्यक रहेको बताए । 

उनले भने, ‘आज लोकार्पण भएको ‘ट्राफिक पुलिस मिरर’ को प्रकाशन सँगसँगै हाम्रा काम कारबाहीलाई अझ जनमुखि बनाउन ट्रफिक कर्मचारी प्रशिक्षण, अनुगमन सुपरिवेक्षण, परिमार्जन गरि सुधार ल्याउन समेत यसै अवस्थामा निर्देशन दिन चहान्छु । नविनतम सोचबाट लक्षित हाम्रो क्रियाकलापहरुले समग्र सुरक्षा व्यवस्थापनमा प्रभावकारि आउने सोचका साथ आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुको निरन्तरता दिनको लागि शुभकामना व्यक्त गर्न चहान्छु । यसका लागि हामीले सधै सकारात्मक सहयोग गर्न तयार रहेको विश्वास समेत व्यक्त गर्न चहान्छु ।’  काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा भइरहेका प्रयास र कार्यहरु सन्तोषजनक रहेको पनि उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार