मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

सरकार रवि लामिछाने सिध्याउने अभियानमा छ : वाग्ले

Ujyalosandeshonline 11171+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने खेलमा रहेको बताएका छन् ।मंगलबार सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गराउन बालुवाटार भएको विरोध प्रदर्शनमा उनले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाउने र लामिछानेलाई सिध्याउने एवम रास्वपालाई थर्काउने, धम्काउने, गलाउने रणनीतिमा लागि परेको बताए । 

उनले स्वतन्त्र न्यायीक निष्पक्ष छानबिन आयोग बनाएर सबै भ्रष्टहरुको छनबीन आफूहरुले गर्ने दाबी पनि गरे । उनले अरु सहकारी ठगीको आरोपीहरुलाई चाँही सरकारले बचाइराख्दा रविलाई हिरासतमा राख्नु कुनै औचित्य नरहेको बताए । 

‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई पनि आरोप लागेको छ । तर सरकारले उनीहरुलाई बचाइराखेको छ । जीबी राईका सल्लाहकार आज राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई चाँही उन्मुक्ति दिने स्वतन्त्र हिड्न दिने तर रविलाई हिरासतमा राख्नु औचित्य छैन् । अभिलम्ब उहाँ रिहा हुनुपर्छ ।’

सांसद सुमना श्रेष्ठले रास्वपाको सरकारले आफूहरुको आन्दोलन कमजोर बनाउन प्रयास गरिरहेको बताएकी छन् । उनलेआफूहरुलाई गलाउने र कमजोर बनाउने तथा फुटाउने सरकारको प्रयासलाई प्रतिरोध गर्नुपर्ने बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार