मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा ज्यान गुमाएका परिवारलाई जम्मा २ लाख माथीको सहयोग गरिएको हो । नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का शम्भु बिकको नाममा १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो । केहीसमय अघि शम्भु बिकको बुबा र आमा दुबैको मध्यरातमा आएको पहिरोबाट पुरिएर ज्यान गएको थियो ।

यस्तै तेमाल गाउँपालिकामा एकै परिवारका दुईजनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई पनि १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो । उक्त चेक तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङको रोहवरमा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरिया लगायतको टिमबाट मृतकको परिवारलाई हस्तान्तरण गरियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका सचिव नेत्र कटुवाल, ब्यवसायी नारायण देवकोटा, लक्ष्मण बन्जाडा, अमन लामा, राजनीतिज्ञ सत्मान लामासँगै कलाकार सुरेश थापा (दर्शने)को उपस्थिती थियो ।

नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका वरिष्ठ उपाध्यक्ष चिमोरियाको जन्मदिनको अवसर पारेर सहयोग हस्तान्तरण गरिएको हो । चिमोरियाले मृतकको परिवारमा सानो मलम भएपनि लगाउने कोशिस गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि एसोसियसनबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार