विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न प्रस्ताव

Ujyalosandeshonline 11164+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौं आयोजित स्तन पाठेघर तथा सर्भाइकल क्यान्सर रक्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्ने बताए । विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको पनि उनले जानकारी दिए । 

उनले भने,‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं । शिक्षा जीवनउपयोगी हुनुपर्छ ।  त्यसैले स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्छ । हामीले शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छौं । अब चाँही विद्यालय तहका सबैलाई आफ्नो शरिर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ ।’त्यस्तै उनले स्क्रीनिङ्गको कार्यक्रमस्थानीय तहमा नै पुर्याउन सक्यो भने मात्रै  ५० लाखको स्क्रीनिङ्ग हुनसक्ने पनि धारणा राखे । 

उनले भने,‘यो स्क्रीनिङ्गको कार्यक्रम पनि हामीले स्थानीय तहमा नै पुर्याउन सक्यौं भने मात्रै हामीले भनेको जस्तो ५० लाखको स्क्रीनिङ्ग हुन सक्छ । यो एउटा उदाहरणीय बन्दै छ । अब ललितपुरलाई पनि अनुरोध गर्ने छौं । नेपालका सबै महानरगर,नगरपालिका गाउँपालिका सबैलाई हामी अनुरोध गर्नेछौं । र व्यापक रुपमा विस्तार गरेर ५० लाखको यो वर्ष स्क्रीनिङ्ग गर्ने कार्यक्रम सार्थक बनाउने तर्फलाग्ने छौं ।’उनले अहिले दिनमा चार जना महिलाको पाठेघरको क्यानसरको कारण मृत्यु भइरहेको भन्दै यो भयावह अवस्था रहेको बताए । 

त्यस्तै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्वयंमसेविका र स्वास्थ्य सेवा दिनेहरुले अरुलाई चाँही स्क्रीनिङ्ग गर्नुपर्छ भन्ने तर आफूहरुले चाँही क्रीनिङ्ग नगर्ने समस्या रहेको बताइन् । त्यस्तै उनले स्तन पाठेघर तथा सर्भाइकल क्यानसर रक्रीनिङ्ग कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन । उनको अनुसार आफ्नो वडामा नाम टिपाएर आफ्नो पालोको मितिमा वीर अस्पतालमा गएर जाँच गर्न सकिने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार