मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |
मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |


भैरहवाकी उद्यमी पुनम अग्रवाल, रास्वपाबाट उपनिर्वाचनमा आकांक्षी

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

भैरहवा । राजनीति र उद्योगमा सक्रिय रहँदै आएकी पुनमकुमारी अग्रवाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षा देखाएकी छन्। सिद्धार्थनगर-८ निवासी अग्रवाल लामो समयदेखि रास्वपामा सक्रिय छिन् र पार्टीले हालै सार्वजनिक गरेको नौ जना आकांक्षीको सूचीमा उनको नाम पनि समावेश छ ।

आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले अनलाइनमार्फत उम्मेदवारका लागि आवेदन आह्वान गरेको थियो । पार्टीले यो निर्वाचनमा जित हासिल गर्ने रणनीति बनाएको छ र सोहीअनुसार उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको हो। मधेशी महिलाबाट पुनम एक्लो दाबेदारको रुपमा देखिएकी छन् ।

को हुन् पुनम अग्रवाल?

विगत दुई वर्षदेखि रास्वपाको सदस्य रहेकी अग्रवालले पार्टीको सिद्धार्थनगर नगर सचिवको जिम्मेवारी पनि सम्हालिसकेकी छन्। मेडिकल बायोलोजीमा स्नातकोत्तर गरेकी उनी भैरहवा मेडिकल कलेज र देवदह मेडिकल कलेजमा प्राध्यापनको अनुभव पनि बटुलेकी छन् । उनले भारत सरकारद्वारा प्रदान गरिने पीएचडी स्कलरको अवसर समेत पाएको बताएकी छन् ।

अग्रवाल राजनीतिमा मात्र नभएर उद्यमशीलतामा पनि उत्तिकै सक्रिय छिन्। उनको परिवारको लगानीमा नेपालकै पहिलो ग्रोमोर दानेदार अग्र्यानिक मल उद्योग रुपन्देहीमा सञ्चालित छ। यही उद्योगका कारण उनी 'मान्छे र माटोको स्वास्थ्य' जोगाउने उद्यमीका रूपमा स्थापित भएकी छिन् र एक प्रतिष्ठित मिडिया हाउसद्वारा ५० प्रभावशाली महिलामा सम्मानित पनि भएकी थिइन्।

राजनीतिक पृष्ठभूमि र उम्मेदवारीको दावी

विगतमा एक राष्ट्रिय पार्टीबाट समानुपातिक सांसदको सूचीमा समेत रहेकी अग्रवाल सिद्धार्थनगरको मेयर पदमा पनि उम्मेदवार बनेकी थिइन्। यसले उनको राजनीतिक लगाव र मतदातासँगको सम्बन्धलाई प्रस्ट्याउँछ।

"मैले रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताको मात्रै होइन, समग्र जिल्लाको सम्भावना बुझेकी छु। यहाँका समस्यासँग परिचित छु, र समाधानका उपायहरु पनि मसँग छन्," अग्रवालले भनिन्, "त्यसैले मैले रास्वपाबाट उपनिर्वाचन लड्न चाहेकी हुँ।" उनले आफूले राजनीतिलाई पेशा नभई सेवा ठानेको बताइन्।

अग्रवालले ठूला दलका नेताहरुका कारण मुलुक जर्जर अवस्थामा पुगेको र भ्रष्टाचार तथा कुशासन व्याप्त रहेको बताइन् । उनले रास्वपाले उठाएका राष्ट्र, राष्ट्रियता, सुशासन र विकासका एजेन्डालाई स्थापित गर्न आफ्नो उम्मेदवारी रहने उल्लेख गरिन् । मिश्रित समुदाय र व्यापारिक केन्द्र रहेको यस क्षेत्रमा मधेशी समुदायको बाहुल्यता छ। मधेशी, युवा, उद्यमी र राजनीतिकर्मी हुनुले आफूलाई सबै समुदायसँग घुलमिल हुन सहज भएको उनको भनाइ छ।

"मेरो हरेक समुदायका मानिससँग परिचय छ, चिनजान छ," उनले भनिन्, "राजनीति बाहेक व्यावसायिक र सामाजिक कामले पनि म सबैतिर जोडिएकी छु।" पार्टीले आफूजस्ता महिलालाई अवसर दिए स्थानीय र राष्ट्रियस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको विश्वास छ। उम्मेदवारी बारे अन्तिम निर्णय पार्टीले गर्ने भए पनि आफू एक योग्य उम्मेदवार भएको उनको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार