मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

दलहरु लोकतन्त्रप्रति उदासिन छन् : उपाध्यक्ष सापकोटा

Ujyalosandeshonline 12437+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले अहिले पार्टीहरुमा लोकतन्त्रप्रतिको उदासिनता देखिएको बताएका छन् । बिहीबार नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सव र संविधानको नवौं वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले पार्टीहरुमा लोकतन्त्रप्रतिको उदासिनता देखिएको अवस्थामा बहसको आवश्यकता रहेको बताए । 

अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरु कुनै ध्यान नदिने र सम्पूर्ण कुराहरु व्यापारमा केन्द्रित भइसकेको कारण डरलाग्दो स्थिति सिर्जना भएको उनको भनाई छ । 

उनले भने,‘यति राम्रो संविधान, यति धेरै मेहेनत गरेर निर्माण भएको संविधान छ । तर पार्टीहरुमा लोकतन्त्रप्रति उदासिनता छन् । विचारको बहस छैन । अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरु कुनै ध्यान दिदैनन् । सम्पुर्ण कुराहरु व्यापारमा केन्द्रित भइसकेको छ । त्यसकारण डरलाग्दो स्थिति सिर्जना भएको छ ।’

उनले संविधानलाई सफल रुपमा कार्यान्वयन गर्दै संविधानमा भएका दार्शनिक पक्ष र मार्गनिर्देशनलाई हाइलाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिए । विश्व दृष्टिकोणप्रति पनिसचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनको भनाई छ । 

‘हामीले धेरै छलफल गरेर बनाएको संविधानमा संवैधानिक मूल्य मान्यताका सबै आयामहरु समेटिएका छन् ।त्यतिमात्र होइनसंविधानमा लोकतन्त्रका मूल्य मान्यता पनि समेटिएका छन् । संविधान महत्वकांक्षी पनि छन् ।संविधानमा एउटा छुट्टै दर्शन छ, उनले भने,‘संविधानलाई सफल रुपमा कार्यान्वयन गर्दै भएका दार्शनिक पक्ष र मार्गनिर्देशनलाई हाइलाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्दछ । विश्व दृष्टिकोणप्रति पनिसचेत हुनुपर्दछ । विश्व दृष्टिकोणबाट सचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्दछ । लोकतान्त्रिक विचारधारामा हामीले बहस नै गरेनौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार