मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

क्रान्तिकारी कम्युनिष्ट पार्टीको जनसम्बन्ध विस्तार अभियान सुरु

अनिल नेपाली 141+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले केन्द्रीय योजना अनुसार देशभर एकसाथ ‘जनसम्बन्ध विस्तार अभियान’ सुरु गरेको छ । अभियान अन्तर्गत ४ नम्बर ब्यूरोको उद्घाटन जिल्लाको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाबाट गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा टोली ४ नम्बरका प्रमुख हेमन्त प्रकाश वली सुर्देशनले औपचारिक रूपमा अभियानको शुभारम्भ गरे । 

उनले देश गम्भीर संकटमा फसेको, राजावादीहरुले टाउको उठाइरहेको,अर्थतन्त्र कमजोर बनेको र सरकार दलाल तथा भ्रष्टहरुको चाकरीमा मात्र सिमित रहेको आरोप लगाए । कार्यक्रममा पोलिटव्युरो सदस्य धनिश्वर पोखेल प्रेम सुवेदी , श्याम बहादुर बोहोरा , लाल बहादुर जाग्री ,कृष्ण केसि,नरेन्द्र थापा केन्द्रीय सदस्य हुकुम खड्का, नवीन खड्का, दिनेश थापा ,राजेन्द्र नेपाली लगायतका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए । अभियान वैशाख १८ गते काठमाडौँ पुगेर समापन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार