मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी

Ujyalosandeshonline 12676+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

बाजुरा । बाजुराको पुर्वि उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाईएको ताला खोलिएको छ । स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खोलिएको हो । स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

युवाहरुले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।

ताला खोलिनु पुर्व तालाबन्दी कर्ता र नगर उपप्रमुख राम बहादुर बोहरा बिच छलफल भएको थियो । छलफल पश्चात् एक हप्ता भित्र माग पूरा गर्ने निर्णयका साथ ताला खालिएको हो । एक हप्ता भित्र माग सुनुवाइ भएन भने पुनः तालाबन्दी गर्ने समेत युवाहरूको चेतावनी दिएका छन् ।

कोल्टीमा दुई दशक पहिला नै विद्युत बने पनि जुड्डीगार्ड लघुजलविद्युत आयोजनाको नहर बेला बेला भत्किने र विजुली समेत अनियमित भइरहने हुँदा स्थानीयले सास्ती खेप्न बाध्य छन् । जसले गर्दा मोबाईल चार्ज गर्न समेत उनीलाई सामुदायिक रेडियोमा लाईन लाग्नु पर्ने अवस्था छ। 

स्थानीय जनता मुहान अभावले खानेपानीको समस्या भोग्न बाध्य छन् ।  नगरपालिका पछिल्लो समय विद्युत र खानेपानीको दीगो व्यवस्थापन गर्न जिम्मेवार बनेको देखिन्छ। विजुलीको लागि केन्द्रीय प्रशारण लाइन जडानको अन्तिम तयारीमा पुगेको छ भने खानेपानीका लागि पनि बृहत योजना अघि बढाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार