मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ

Ujyalosandeshonline 12438+ समाचार ( )
५ जेठ २०८३, मङ्गलबार

परासी । भारतबाट अवैध रूपमा सामान भित्र्याउन लागेका तस्करलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण र अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङबाट खटिएको विशेष प्रहरी टोलीमाथि हातपात र अभद्र व्यवहार गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिकाका ३३ वर्षीय इमरान अली मनसुरी पक्राउ परेका हुन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरण अनुसार, मनसुरीले भारतबाट अवैध रूपमा बोइलर कुखुरा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विशेष प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो। सोही क्रममा उनले प्रहरी टोलीमाथि गालीगलौज, हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मनसुरीलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा राखिएको छ। उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरी आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएसँगै यस्ता घटनाहरू बाहिर आउन थालेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार