मुख्य समाचार
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग |
मुख्य समाचार
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग |


भन्सार संगठनको व्याख्या विपरित कुनै निर्णय भएको छैन् : महानिर्देशक

Ujyalosandeshonline 11521+ समाचार ( )
१० माघ २०८१, बिहीबार

काठमाडौं । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले अन्तर्राष्ट्रिय विश्व भन्सार संगठनको व्याख्या विपरित विभागले कुनै निर्णय नगरेको दाबी गरेका छन् । विहीबार काठमाडौंमा आयोजित ७३औं अन्तराष्ट्रिय विश्व भन्सार दिवसको उपलक्ष्यमा भन्सार सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले नीति परिवर्तन गर्ने क्रममा त्यसले राष्ट्रिय उत्पादन र रोजगारी वृद्धिमा दिने योगदानलाई ध्यानमा राख्नुपर्ने भन्दै कानून विपरित कुनै काम नभएको बताए । 

उनले भने, ‘हामीले गरेको नीति परिवर्तनले राष्ट्रिय उत्पादनलाई कति योगदान दिन्छ र रोजगारी कति बढ्छ र निर्यात कति वृद्धि हुन्छ, आयात कति घट्छ भन्ने कुरा हेर्छौ । यसमा नीतिगत कुरा प्रष्ट रुपमा आउनुपर्छ । नीजि रुपमा कति नाफा हुन्छ, घाटा हुन्छ त्यो हामीले हेर्ने विषय होइन । हामीले गरेका निर्णय अहिले पनि दाबा गर्छौ अन्तर्राष्ट्रिय विश्व भन्सार संगठनले गरेको व्याख्या विपरित हाम्रो कुनै पनि निर्णय छैन् ।’

यस्तै, उनले राज्यले दिएको सुविधा र विश्वासमा विश्वासघात गर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्ने भन्दै असल नियतले गरेको काममा भएको सामान्य मानवीय त्रुटिहरुलाई कारबाही नगर्ने बताए ।  

उनले भने, ‘तपाईहरुले असल नियतले गर्नु भएको काममा भएको मानविय त्रुटिहरुलाई कारबाही गर्नु हुदैँन् । त्यो कुरामा हामी सचेत छौं । तर राज्यले दिएको सुविधा र विश्वासमा विश्वासघात गरिन्छ भने कारबाहीको व्यवस्था हुनुपर्छ । धेरै कुराहरु सुधार भइरहेको छ ।’

भन्सार दरहरुमा पुनरावलोकन आवश्यक

यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग क्षेत्रले उठाउँदै आएको तयारी वस्तु, कच्चा पदार्थहरुलाई स्पष्ट गरि भन्सार दरहरु पुनरावलोकन गर्न सकेमा उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताएका छन् । 

उनले भने, ‘नेपाल जस्तो आयातका आधारमा अर्थतन्त्र भएको मुलुकको लागि भन्सारले राजस्व मात्र संकलन गरेको हुदैँन् यसले समग्र मुलुकको आपूर्ती श्रृखंलामा पनि व्यवस्थित गरि लगानी प्रवद्र्धनलाई पनि उत्तिकै सहयोग गरिरहेको छ । धेरै वर्षदेखि उद्योग क्षेत्रले उठाउदैँ आएको तयारी वस्तु, कच्चा पदार्थ र मध्यवर्दी वस्तुहरुलाई स्पष्ट गरि भन्सार दरहरु पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिन्छ भन्ने महासंघको धारणा रहेको छ ।’ 

उनले भन्सारमा अन्तर्राष्ट्रिय मान्यता र प्रचलित कानून अनुसार कारोबार मूल्यको आधारमा वस्तु जाँचपास गर्न सकिने व्यवस्थाको पूर्ण कार्यान्वयन गरि सन्दर्भ मूल्य सूचीको आधारमा मूल्यांकन गर्ने विद्यमान परिपाटीको अन्त्य भएमा व्यवसायिक वातावरणको निर्माण भई नीजि क्षेत्रको मनोबल वृद्धि हुने बताए । 

सोही क्रममा अर्थ सचिव डा.राम प्रसाद घिमिरेले कोभिडपछि नीजि क्षेत्रको मनोबल गिरेपनि सुधारको बाटोमा अघि बढेको भन्दै यसमा धेरै हिनताबोध गर्न नपर्ने बताए । 

उनले भने, ‘कोभिडपछि नीजि क्षेत्रको मनोबल गिरेको छ भन्ने कुरा धेरै चर्चामा छ । पछिल्लो समय समस्या पनि पहिचान गर्न सकेनौ तर मलाई लाग्छ हामी सुधारको नै क्रममा छौ । हामीले यसमा धेरै हिनता बोध गर्नुपर्छ जस्तो लाग्दैँन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै