मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |
मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |


मर्चवारमा शैक्षिक क्रान्तीमा योगदान दिएका अस्ताए शिक्षक त्रिपाठी

Ujyalosandeshonline 11171+ समाचार ( )
९ पौष २०८०, सोमबार

हृदयराम गुप्ता

मर्चवार । मर्चवार क्षेत्रमा शैक्षिक क्रान्तीमा ठुलो भुमिका खेलेका राम समुझ त्रिपाठीको निधन भएको छ । कोटहीमाई –६ हर्दी निवास स्थानमा पुस ३ गते राती ८ बजे निधन भएको हो । मर्चवार क्षेत्रका धेरै युवाहरुलाई शिक्षा प्रदान गरी शिक्षित समाज निर्माणमा ठुलो भुमिका खेलेका छन् । वि.सं. २००६ साल असार १६ गते जन्मेका त्रिपाठीले भारतको नौतनवा इन्टर कालेजमा निम्न देखि उच्च शिक्षा सम्मा अध्ययन गरेका थिए ।

भारतमा अध्ययन गरेपनि उनी आफ्नै क्षेत्रलाई कर्मभुमी बनाई आफ्नै क्षेत्रका समाजलाई शिक्षा प्रदान गर्ने उद्देश्यले श्री जनता माध्यमिक विद्यालय ओडवलियामा अध्यापन कार्य सुरु गरेका थिए । वि.सं. २०२९ साल मंसिर ३ गते श्री जनता माध्यमिक विद्यालय ओडवलियामा न्युक्त भई अध्यापन कार्य सुरु गरेका थिए । प्रधानाध्यापकको रुपमा काम गर्दै आएको उनी निकै लगनशील भएर विद्यालयमा अनुसाशन, ब्यवस्थापनमा काम गर्दथे । 

उक्त विद्यालयमा स्व.त्रिपाठीको कार्यकालमा सबभन्दा बढी भौतिक संचरनाको निर्माण भएको हाल उक्त विद्यालयमा कार्यरत शिक्षक रामशरन यादवले बताए । ‘विहान १०ः०० बजेखि ४ः०० सम्मा प्राधानाध्यापक कर्तब्य साथै एश शिक्षकको कर्तब्य पनि निर्वाहन गर्दथे । विद्यालय ब्यवस्थापनमा अन्य समयमा स्थानीयको घरबाट भुजा चिउरा खाएर पनि खटिरहन्थे । मलाई पनि उनले नै पढाएका थिए । उहाँले दिएको शिक्षाले गर्दा म सोही विद्यालयबाट अध्ययन गरी सोही विद्यालयमा सुरुको तलब रु. १ हजार ३ सयबाट अध्यापन गराउदै आएको छु ’ शिक्षक यादवले भने ।

स्व. त्रिपठीले वि.सं. २०६६ असार १८ गते उक्त विद्यालयबाट अनिवार्य अवकास भएका थिए । उनी विद्यालयकाट अनिवार्य अवकास भएको करीब १४ वर्ष वितिसक्दा पनि उनले ब्यवस्थापन गरेको फर्निचरहरु अहिले पनि प्रयोगमा रहेको शिक्षक यादवले जानकारी दिएका छन् । उनले शिक्षा दिएका धेरै विद्यार्थीहरुले सफल भई आफ्नो लक्ष्य हासिल गर्न सफल भएका शिक्षक यादवले बताए । पहिला निम्न माध्यमिक स्तर सम्मा अध्यापन हुने उक्त विद्यालयमा तत्कालिन प्रधानाध्यापक रहेको स्व.त्रिपाठीले नेपाल सरकारलाई राख्नुपर्ने धरौटी रकम टोल टोलमा पुगेर सहयोग संकलन गरी वि.सं. २०५६ सालमा माध्यमिक स्तरको विद्यालय स्थापना गराएको शिक्षक यादवले जानकारी दिएका छन् ।

‘माध्यमिक स्तरका कक्षा संचालन गर्न राम्रा शिक्षकहरु छनौट गरी भर्ना गरेका थिए जसले गर्दा उक्त विद्यालयबाट सतप्रतिशत नजिता गुणस्तरीय अउने गर्दथ्यो । तत्कालिन समयमा उनी प्रधानाध्यापक हुँदा शिक्षक, विद्यार्थी अभिभावक, शिक्षा प्रेमी लगायत सबैलाई समेटेर मर्यादित तरिकाले लैजाने गर्दथे जसले गर्दा विद्यार्थी र शिक्षक विच राम्रो अनुशासन र संस्कार देखिन्थ्यो । उनी प्रधानाध्यापक हुँदा विद्यालयको कोष १५ लाख बढी रकम बचतमा देखिन्थ्यो । स्व. त्रिपाठी सरले यस क्षेत्रका २–३ पुस्तलाई अध्यापन गरेका छन् ’ शिक्षक यादवले भने । तत्कालिन समयमा स्व. त्रिपाठीले विद्यालयमा विद्युत ल्याउन आफ्नो निजि लगानीमा तार पोल ब्यवस्थापन गरेको शिक्षक यादवले जानकारी दिएका छन् । 

मर्चवारी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गणेश चौधरीले स्व. रामसमुझ त्रिपाठीकै शिक्षाले आजमा वडाको नेतृत्वगर्ने अवसर पाएको बताए । ‘स्व. त्रिपाठी सरले मलाई दिएको ज्ञान र विवेक आज प्रयोग गरीरहेको छु । उनी असल शिक्षक मात्र हैन भगवानरुपी गुरु समेत थिए । ’ वडाध्यक्ष चौधरीले भने । उनको निधनले हाम्रो समाजले यस क्षेत्रमा शिक्षाको बीउ रोपण गर्ने महान गुरु गुमाएको वडाध्यक्ष चौधरीले बताए । 

स्व. त्रिपाठीले २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि कोटहीमाई गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनी हाल निर्वाचित वडाध्यक्ष बिनोद यादवसंग थोरै मतले पराजित भएका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार